पेट बढेर हैरान हुनुहुन्छ ? नियमित काँक्रो खानुस् - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

पेट बढेर हैरान हुनुहुन्छ ? नियमित काँक्रो खानुस्



काठमडौं । पेट बढी नै लागेमा मुटुसम्बन्धी रोग, चिनी रोग, उच्च रक्तचापदेखि क्यान्सरसम्म लाग्ने जोखिम हुन्छ । यस्तो अवस्था आउन नदिन काँक्राको सहयोगले पेट घटाउन सकिन्छ । त्यस्तै काक्रोले चिल्लो खानाको विकल्प दिन्छ । पेट र शरीरको वजन बढ्नुमा चिल्लो खाना जिम्मेवार हुन्छ ।

प्रायः सबै खानामा चिल्लो पदार्थ हुन्छ । तर, काँक्रोमा फ्याट हुँदैन र क्यालोरी न्यून हुन्छ । त्यही भएर पेट ठूलो भएकाहरूले भोक लागेको बेला काँक्रो खाने गरेमा लाभ मिल्छ । अपच र कन्स्टिपेसनको समस्या भएकालाई पेट बढ्ने समस्या हुन्छ ।

काँक्रो पानी र फाइबरको राम्रो स्रोत भएकाले यो खानाले अपच र कन्स्टिपेसनको समस्या हराएर जान्छ । काँक्रो खानाले कोलेस्ट्रोल कम हुन्छ । काक्राको बियाँमा शरीरमा जम्मा भएका विकारलाई शरीरबाहिर निकास गराउने गुण हुन्छ ।

पिसाबमार्फत शरीरका विकार बाहिर निकाल्न यसले मद्दत गर्छ ।अल्सर भएको छ भने पेटमा ग्यास उत्पन्न भई पेट बाहिर निस्किन थाल्छ । यस्तोमा काँक्रो खानाले पेटको जलन कम हुनुका साथै अल्सरको असर पनि कम हुन्छ ।