नेपालमा बसेर अस्ट्रेलियामा आतंक ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेपालमा बसेर अस्ट्रेलियामा आतंक !



 

१८ साउन, काठमाडौं ।

९ वर्षअघि अस्ट्रेलिया गएका ३२ वर्षीय कुमुदप्रसाद शाह अहिले प्रहरी केन्द्रीय अनुसन्धान व्युरोको हिरासतमा छन् । उनीविरुद्ध नेपालमा मात्रै होइन, अस्ट्रेलियामा समेत अनुसन्धान भइरहेको छ ।

जर्मनीमा रहेका नेपाली नागरिक आत्मराम थपलियालाई नेपाल ल्याउन व्युरोले प्रक्रिया सुरु गरेको छ । उनलाई नेपाल डिपोर्ट गराउन व्युरोले जर्मनीमा रहेको इन्टरपोल शाखासँग पत्राचार गरिसकेको छ ।

सामाजिक सञ्जालमार्फत आवेश र आक्रोस पोख्ने क्रममा शब्दको ख्याल नगर्दा नेपालमा बर्सेनि ५० भन्दा बढी नेपाली पक्राउ परिरहेका छन् । यो प्रवृत्तिबाट विभिन्न उद्देश्यले बिदेसिएका नेपालीसमेत जोगिन सकेका छैनन् । विदेशमा छु कसले के गर्छ र भन्दै सामाजिक सञ्जालमा तथानाम लेख्दा नेपाल प्रहरीको खोजीमा कैयन परेका छन् ।

एकजना अस्ट्रेलियाबाट डिपोर्ट भइसके । छातीमा गोली हानेर शव टुक्रा पारेर फाल्ने सन्देशले अस्ट्रेलियामा आतंक मच्चियो । एसएमएस पाउने व्यक्तिको संख्या बढेसँगै अस्ट्रेलियाको प्रहरीमा उजुरी संख्या बढ्यो ।
आजको नागरिक दैनिकमा खबर छ ।