वडा कार्यालयलाई लक्षित गरी सिलिण्डर बम विस्फोट - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

वडा कार्यालयलाई लक्षित गरी सिलिण्डर बम विस्फोट



उदयपुरको जलजले खानेपानी उपभोक्ता समितिको भवनमा रहेको पूरानो वडा कार्यालयलाई लक्षित गरी अज्ञात समूहले सिलिण्डर बम विस्फोट गराएको छ । अज्ञात समूहले अन्दाजी रातको १ बजेको समयमा त्रियुगा नगरपालिका ६ जलजले स्थित पूरानो वडा कार्यालय भवनलाई लक्षित गरी सिलिण्डर बम विस्फोट गराईएको छ । बमको विस्फोटले जलजले खानेपानी उपभोक्ता समितिको भवनमा क्षति पुगेको वडा सदस्य जयराम पंजियारले बताए ।

उनका अनुसार मंगलबार विहान १० बजे कार्यालय खोल्न जाँदा ताला फोडिएको, झ्यालको सिसा फुटेको देखेपछि मात्रै सिलिण्डर बम विस्फोट भएको देखियो । ‘अज्ञात समूहले ५ केजी बाला सिलिण्डरमा पराल र मोटर साइकलको टायर लगाएर आगो लगाएको देखिन्छ, बमले झ्यालको सिसा, सिलिङ्ग पंखा, ढोकामा क्षतिको साथै प्लाष्टिकको कुर्सी, टेबल जलेको छ, दराज भित्रका कागजपत्र केही भएको छैन ।’ उनले भने, ‘डेढ महिना अगाडीसम्म त्यसै ठाउँमा वडाको कामकाग हुँदै आएपनि डेढ महिना यता वडा कार्यालय आफ्नै भवनमा सरेकोले थियो, स्थानीयहरुले ट्रकको टायर फुटेको अनुमान गरेको थियो ।’

जिल्ला प्रहरी कार्यालय उदयपुरले अज्ञात समूहले जलजले खानेपानी उपभोक्ता समितिको कार्यालयमा बम विस्फोट गराएको पुष्टी गरेको छ । प्रहरीका अनुसार बम विस्फोटले जलजले खानेपानी उपभोक्ता समितिको भवनको झ्यालको सिसा, ढोका तोडिएको, टेवल, कुर्सी जलेको र पंखामा क्षति पुगेको थियो । बम विस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन् । यस अघि असार ६ गते त्रियुगा नगरपालिकाको कम्पाउण्ड भित्र शंकास्पद बस्तु फेला परेको थियो । उक्त बस्तुलाई नेपाली सेनाको टोलीले डिस्पोजल गरेको थियो ।