डडेल्धुराको परशुराम नगरपालिका आगलागी हुँदा ६ वटा पसल जलेर नष्ट - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

डडेल्धुराको परशुराम नगरपालिका आगलागी हुँदा ६ वटा पसल जलेर नष्ट



हिमाल पोस्ट /डडेल्धुरा, मंसिर २६।
डडेल्धुराको परशुराम नगरपालिका–९ को गाईबाँधे बजारमा आगलागी हुँदा ६ वटा पसल जलेर नष्ट भएका छन् ।

आगलागीबाट अर्जुन बोहरा, रमेश बोहरा, अक्कल बोहरा, धर्म सिंह बोहरा, लालबहादुर बोहरा र प्रकाश खड्काको पसल जलेर नष्ट भएको इलाका प्रशासन कार्यालयले जोगबुढाले जनाएको छ ।

गएराति साढे १२ बजे सुरु भएको आगो आज विहान ५ बजे नियन्त्रणमा लिइएको हो । आगो नियन्त्रणमा लिन कठिनाई हुँदा ठूलो क्षति भएको इलाका प्रशासन कार्यालयले जनाएको छ ।

विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।