५ बर्षभित्र बेरोजगार खोज्दा नभेटिने गराउछु: दधिराम - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

५ बर्षभित्र बेरोजगार खोज्दा नभेटिने गराउछु: दधिराम



बुटवल, ८ मंसीर । रुपन्देही क्षेत्र नम्बर १ ९ख० का प्रदेश सभा उम्मेदवार नेकपा मावोवादी केन्द्रका पोलिट ब्युरो सदस्य दधीराम न्यौपाने ९माधब शर्मा ० ले बाम गठबन्धनलाई ढुक्क भएर मत दिन ओमसतिया गाउपालिकाका वडा बासीलाई आग्रह गरेका छन । बाम गठबन्धन ओमसतिया गाउ पालिकाको चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रम अन्तर्गत लोरौलीमा आयोजित बिशाल चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार न्यौपानेले बामगठबन्धनको जितले नै मुलुकलाई राजनैतिक अस्थिरताबाट जोगाउने र स्थाइ सरकार निर्माणसंगै बेरोजगारीहरुको सम्पूर्ण समस्या निराकरण हुने वताउनुभयो ।

आफुले चुनाबी नारा र जित्नका लागि मात्र नभई समग्र घरदैलो एकचरण भ्याउदा अथाह रुपमा युवा बेरोजगारी र त्यसले निम्त्याएको गरिबी अभावले आफुमा एउटा चुनाब जित्नैपर्ने उर्जा ल्याएको बताउनुभयो । अरु पार्टीले जिते यो समस्या झन् बढेर जाने संकेत यसअघिका चुनाबमा जितेर गएकाले देखाएको हुदा अबको युवा बेरोजगारको समस्या बाम पन्थीको जितमा मात्र सुनिश्चित हुने उनको भनाइ छ ।

एक घर एक रोजगारको अबधारणा सहित आगामी ५ बर्ष भित्र प्रदेश सहित समग्र रुपन्देही र देशमै बेरोजगारको समस्यालाइ शुन्यमा पुर्याउन आफु अग्रसर र प्रतिबद्द रहेको उहाको भनाइ छ । प्रदेशसभा २ रुपन्देही क्षेत्र न एकका लागि आफ्नो उम्मेदवारी को विकल्प नरहेको बताउदै बाम गठबन्धनलाइ जिताउन सबैलाइ आग्रह गरेका थिए । हज्जारौ आम जनताको माझ आझ लोरौलीमा भएको सभालाइ सम्बोधन गर्दै उहाले बेरोजगारी संगै गरिबी , अभाव र यसले निम्त्याएको शिक्षा स्वास्थ्य र सुचनाको अभावले कुनैपनि नेपाली बन्चित नहुने उहाको भनाइ छ । अहिले हरेक घरमा बेरोजगारीले जरा गाडेको कन्डिसनमा आफुले वृद्दबृद्दाहरुको सामाजिक सुरक्षासंगै सोहि घरका युवाहरुलाई समुचित रोजगारीको सृजना गरे मात्र परिवार सुखी र खुसि बाताबरण बन्ने भएकाले आफ्नो पहिलो चुनाब जितेपछिको मिशन बेरोजगारी समस्या हल गर्दै सुकुम्बाशी , गरिब उत्पिडित ,जनजाति ,आदिबाशी महिला ,मुश्लिम लगायतका समग्र समस्याहरुको पहिचान गरि आफुले सबै समस्याको मिलेर समाधान गर्ने उहाको भनाइ छ ।

अब नेकपा एमाले र नेकपा माओबादि केन्द्र एक भैसकेको अवस्थामा कोहि पनि बामभन्दा बाहिर गएर मत खेर फाल्न नहुने र जनमतको कदर गर्दै आफुले सबै नेपालीको दिर्घकालिन रुपले बिकाशको खाका तयार गरेको उहाले बताउनुभयो ।

सोहि अवसरमा क्षेत्रिय कार्यालय कोटिहवामा आदिबाशी जनजातिहरुसंगको भेटघाट तथा चुनाबी रणनीतिको कार्यक्रममा उहाले आगामी चुनाबको बामपन्थीको लहरले जित संगै आदिबाशी जनजातिको समग्र समस्याको हरतरहले सम्बोधन गर्दै जनजातिको रितिरिवाज रहनसहनलाइ पर्यटकिय रुपान्तरण गरि देशको समग्र बिकाशमा जनजातिको आधारशिला खडा गर्ने उहाले बताउनुभएको छ ।