दाफा महोत्सव २०७३ मा दोलखाको ऐतिहासिक प्रर्दशन - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

दाफा महोत्सव २०७३ मा दोलखाको ऐतिहासिक प्रर्दशन



 

हिमालपोष्ट/काठमाडौ,

नेपाल मण्डल टेलिभिजनको आयोजनामा करिव ३ महिनादेखि शुरु भईरहेको दाफा महोत्सव २०७३ मा दोलखाको प्रस्तुती रहेको थियो । नाट्श्वर भजन खलक दोलखाको ब्यानरमा उपस्थित दोलखावासीहरुले नेवारी, नेपाली लगायत विभिन्न भजनका गितहरु प्रस्तुत गरेका थिए। यसै गरी नेवारी नाच पराम्परा अनुसार नाचिने खरी प्याखन र भैरब नाच पनि प्रस्तुती गरिएको थियो ।

करिव १०० भन्दा बढि दोलखावासीहरुको उपस्थित रहेको उक्त कार्यक्रम बणारसी सहयोगी हातहरुको विशेष सहयोगमा सम्पन्न भएको थियो । यसो हेर्दा खुव रमाईलो लाग्यो एक सहभागीले भने।

उक्त कार्यक्रममा दाफा महोत्सवमा दोलखाको तर्फवाट सहभागी भई भजन संगित र नृत्यको प्रदर्शन गर्ने कलाकारहरुलाई विशेष सम्मान पत्र वितरण गरिएको संस्थाका संस्थापक अध्यक्ष लेखनाथ श्रेष्ठले जानकारी दिए।