दैलेखमा नेकपा एस र एमालेको कडा टक्कर - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

दैलेखमा नेकपा एस र एमालेको कडा टक्कर



दैलेख १ को प्रतिनिधिसभा सदस्यको मतगणनामा नेकपा एमालेका उम्मेदवार रविन्द्रराज शर्माले लगातार अग्रता बनाएका छन् ।

तीन सय मत गणना हुँदा उनले उनले १५४ मत पाएका छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीका अम्मरबहादुर थापाले १११ मतका साथ उनलाई पछ्याएका छन् ।

यस्तै राप्रपाकी कुन्तीकुमारी शाहीले ७ मत पाएकी छन् ।

दैलेख २ मा भने मत गणना सुरु भएको छैन । केही समयपछि त्यहाँ मत गणना हुने जनाइएको छ ।