'डाइनामिक' बाबुराम : सधैँ संकाको घेरामा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

‘डाइनामिक’ बाबुराम : सधैँ संकाको घेरामा



बिरेन्द्र महरा

राजनीतिक सम्बाद तथा सहमति समितिको सभापतिको हैसियतमा तत्कालीन माओवादी नेता डाक्टर बाबुराम भट्टराई को संविधान बनाउने कुरामा सबैभन्दा अहम र महत्त्वपूर्ण भूमिका थियो । सभापतिको नाताले उनले संविधान सभा भित्र र बाहिर रहेका राजनीतिक शक्ति र पक्ष बिचमा संविधान का अन्तर्बस्तु मा सहमति जुटाउनु जिम्मेवारी र कर्तव्य दुवै थियो । तत्कालीन अवस्थामा राज्यको पुनसंरचना सासकिय स्वरूप र निर्वाचन प्रणाली मा अन्तिम अवस्था सम्म सहमति जुट्न सकिराखेको थिएन ।

त्यति मात्रै हैन संविधान सभा भन्दा बाहिर मोहन बैद्य लगायत को एउटा ठुलो समूह थियो , जसको बिचार पनि संविधान मा समेट्नु उत्तिकै चुनौती रह्यो । संविधान सभा भित्रै नि अन्तर्बस्तु मा एकमत हुने सम्भावना थिएन । मदेस केन्द्रित दलहरूको छुट्टै माग थियो । संविधान मा फरक फरक मत रहे पनि प्रमुख दल हरू एक ठाउँमा आएर २०७२ असोज ३ गते संविधान सभा बाट नेपालको संविधान जारी भयो । यद्दपी दलहरू को ‘रिजर्भेसन’ कायम नै थियो ।केही विषयमा माओवादी लगायत का दल हरू ले फरक मत नै दर्ज गरे ।

संविधान जारी लगत्तै कतै खुसीयाली कतै निराशा को बादल मडारिन सुरु भयो । तराई केन्द्रित दलहरूले संविधान आएको दिनलाई कालो दिनको रूपमा घोषणा नै गरे । प्रमुख राजनीतिक दलहरू र केही ठाउँमा बाहेक सबै नेपाली जनताले खुसी मनाउने बेला डाक्टर बाबुराम भट्टराई भने बेखुसी निराश भएका पाइए जबकि सबैभन्दा खुसी यिनैले हुन पर्थ्यो । यद्दपी यिनको अनुहार मा संविधान जारी भएको दिन नै सदन भित्र र बाहिर मलिन र कालोनिलो देख्न सकिन्थ्यो । लगत्तै मधेस मा संविधानको विरोध स्वरूप आन्दोलन को सुरुवात हुँदै थियो ।

यता डाक्टर भट्टराई ले पनि माओवादी मात्रै छोडेनन उनले हुँदाखादा को सन्सद पद बाटै रजिनामा दिए । उता मधेस आन्दोलन चलिराखेकै थियो , बिडम्पना डाक्टर भट्टराई को आन्दोलन मा समर्थन मात्रै भएन स्वयम आन्दोलन मै समाहित हुन पुगे । संविधान न्निर्माण मा अग्रणी भूमिका खेलेको मान्छे किन एकाएक संविधान विरोधी कित्तामा उभिए त ! आममान्छेले उतिबेलाई लख काट्न सुरु गरिसकेका थिए मधेस मा भएराखेको आन्दोलन ले गर्दा नेपाल र भारतको सीमामा ढुवानी का सामान आवतजावत गर्न अप्ठ्यरो भयो भन्ने कारण देखाउदै भारत ले नेपाल विरुद्ध अघोषित नाकाबन्दी नै लगाए ।तर पछि प्रस्ट भयो कि नाकाबन्दी लगाउनु को कारण त अर्कै रहेछ । अघोषित भनिए पनि घोसित जस्तै थियो । नेपाली हरू विभिन्न बाधा अप्ट्यारा हरुको सामना गर्न बाध्य भए , गराइए । नेपालभरी भारत विरोधी ‘सेण्टिमेण्ट’ बनिराखेको , जनतामा तीव्र आक्रोस पैदा भैराखेको बेलामा डाक्टर भट्टराई को मौनता कायम रह्यो ,मौन समर्थन रह्यो भारतलाई ।

माओवादी पार्टीबाट अलग भए लगत्तै उनले नयाँ पार्टी निर्माण गर्ने अभियान मा लागे । पूर्व प्रसासक , पूर्व सैनिक प्रहरी , कलाकार , केही बुद्धिजीवी र स्वतन्त्रहरूलाई आफ्नो पार्टीमा समाहित गर्ने कोसिस गरे । त्रिपुरेस्वर स्थित दशरथ रङसालामा बडो तामाझाम का साथ नयाँ पार्टीको घोषणा गरे । जनतामा आशा विश्वास र निराशा मिस्रित रूपमा आएका थिए । तत्कालीन प्रधानमन्त्री केपी ओलीले त एमाले बाहेक सबैलाई धक्का दिन सक्छ समेत भन्न भ्याएका थिए । अर्थमन्त्री र् प्रधानमन्त्री हुँदा गरेका कामहरूले बाबुराम चर्चामै थिए , शायद त्यही ‘फ्याक्टर’ ले काम गरेको हुनसक्छ , सबै तिर मिस्रित प्रतिक्रिया नै थियो ।

केही समय ब्यथित हुँदै गयो पार्टी भित्र विभिन्न कुरामा अनतबिरोध राख्दै पार्टीबाट मुमाराम खनाल , रामेश्वर खनालहरु बाहिर गए । त्यसले बाबुराम लाई ठुलो धक्का महसुस भयो , नेता कार्यकर्ता मा निराशा पैदा हुन थालयो । “नयाँ शक्ति र बाबुराम नयाँ बोतल मा पुरानै रक्सी हो ,यसले मुलुक र देशको लागि केहीगर्न सक्दैन भन्ने उनी हरुको गम्भीर आरोप थियो,त्यतिमात्रै हैन बाबुराममा नेतृत्व क्षमता नै छैन, उनले बोकेका नाराहरुत केवल फोस्रा भाषण हुन” भन्ने सङगिन गम्भीर आरोप समेत लगाए । त्यही बिचमा बाबुरामले उपेन्द्र यादव को समाजवादी फोरम सङ्ग पार्टी एकिकरण गर्ने सम्म को कुरा चलाए , त्यो विषय त्यति बेला खुबै चर्चामा पनि आएको थियो । तर अन्तिममा एकता हुन सकेन, त्यसै सेलाएर गयो ।

२०७४ सालमा स्थानीय निर्वाचनको घोषणा भएको थियो । बाबुराम लाई छट्पटी सुरु भइसकेको थियो ।उनले आसातित रूपमा सङ्गठन बिस्तार गर्न सकेका थिएनन मात्रै होइन उनलाई नेता र कार्यकर्ता हरू ले समेत छोड्दै गएको अवस्था थियो । उपेन्द्र यादव सङ्ग मिलेर स्थानीय निर्वाचन लडे पनि देश भरी को नतिजा हेर्दा अवस्था नाजुक रहेछ भन्ने बुझे ।

लगत्तै फेरी पार्टी छोड्ने क्र्म चलिरह्यो । एमाले हुँदै माओवादी मा र पछि बाबुराम सँगै नयाशक्ती गठनमा महत्त्वपूर्ण भूमिका खेलेका रामचन्द्र झा र रामकुमार शर्मा हरू ले बाबुराम लाई छोडेर प्रचन्ड तिर नै लागे । त्यति मात्रै हैन १० बर्से जनयुद्द मा समेत बाबुराम निकट भएर काम गरेका देबेन्द्र पौडेल,खिमलाल देवकोटा हरू ले समेत उनलाई छोडेर कोही स्वतन्त्र त कोही प्रचन्ड तिर नै लागे । बाबुरामको नयाशक्ती को सङ्गठन निर्माण भन्दा ज्यादा खुइलिदै गयो । पुराना नेता कार्यकर्ताले भर पर्न छोडेको र नयाँहरुले विश्वास गर्न नसकेकैले बाबुरामको नयाशक्ती नाम मात्रै को नयामा सीमित हुने देखियो ।

निर्मल भट्टराईहरू को ठुलो समूहले पहिले नै नेकपा एमाले प्रवेश गरी सकेको थियो । बाबुराम भट्टराईलाई आफूलाई त मनोबैज्ञानीक रूपमा त सताएकै थियो ,झन् नेता कार्यकर्ताहरूलाई कसरी थामथुम पार्ने भन्ने भयन्कर चिन्ताले सताएको थियो। पार्टी केन्द्र मै छिन्नभिन्न भैराखेको अवस्थामा देश भरी सङ्गठन बिस्तार गर्ने कुरो पनि भएन ,गरेको भए नि फर्मालिटी मात्रै थियो । आफूलाई नितान्त एक्लो महसुस गर्दै गरेका बाबुराम को अगाडि केही विकल्प हरू थिएन । उनले कि पार्टी बिघटन गर्ने कि मर्ज गर्ने मात्रै विकल्प बाँकी रहेको थियो । उनी सधैँ आफ्नो बिचार राक्ने ‘प्लेट फर्म’ को खोजीमा थिए ।

अन्तत उनले देशभरिका नेता कार्यकर्ताको मन भावना लाई नबुझिकन माओवादी केन्द्र र नेकपा एमाले सङ्ग चुनावी तालमेल अनि लगत्तै पार्टी एकता गर्ने सम्झौतामा हस्ताक्षर नै गरे । त्यति मात्रै हैन एमालेको चुनाव चिन्ह सूर्यमा आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचन लड्ने आलोकाचो निर्णय नै गरे । संबिधानत एउटै चुनाव चिन्हबाट चुनाव लद्द्दा एउटै पार्टी मान्न सकिने अवस्था रहन्छ ।कार्यकर्ता को मन भावनाको कुनै प्रवाह नागरिकनै यस्तो हतास निर्णय गर्न पुगे ।

आफूलाई कम्युनिस्ट पार्टीबाट अलग गरेका र कम्युनिस्ट लाई सत्तोसराप गरेका डाक्टर भट्टराई ले नेकपा एमाले र माओवादी केन्द्र को बाम गटबन्दन लाई सहर्स स्विकारे ।अहिले मान्छेको मनमा प्रश्न चिन्ह उब्जेकोछ कि बाबुरामा ले कम्युनिस्ट किन छोडे र अहिले किन अङगाले ? भन्नुको तात्पर्य कमुनिस्ट बिचार लाई पुन अङगाले । यो आलेख तयार गर्दै गर्दा बाबुराम भट्टराई र माओवादी का नेताहरू बिच निर्वाचन क्षेत्र लाई लिएर कुरा मिलिराकेको छैन । एकले अर्कालाई निर्वाचन क्षेत्र छोड्न सकिराखेको अवस्था छैन । बाबुराम ले एमाले माओवादी का अधक्ष्य हरू लाई भेटेरै निर्वाचन क्षेत्र नपाए गठबन्दन छोड्ने धम्की दिएका छन् । त्यति मात्रै छैन उनले अबको चुनाव मा १५ % हिस्सा आफ्नो पार्टीले पाउनु पर्ने अडान समेत राखेका छन् ।

उनको पार्टीको हैसियत कत्रो हो ? उनले भने बमोजिम पाउनु पर्छ या पर्दैन ? उनीहरू नै जानुन तर उनले गठबन्दनमा किन सामेल भएका थिए ?कुन उद्देश्यले सामेल भएका थिए र कुन उद्देश्य पुरा भएन अनि उनी गठ्बन्दन छोड्दै छन् । कहीँ उनले स्वार्थ समूहको ‘इण्ट्रेस्ट’मा काम गरिराखेका त छैनन् भन्ने अहिले बजार मा व्यापक जनमत बन्दै गएको छ । जनमतलाई सन्का र आधारहिन भन्न सकिने अवस्था नि छैन । उनको गठबन्दनमा सामेल हुँदा गरेको हतार र बाहिरिने हतारले कहीँ न कहीँ संका  र सन्सय उब्जनु जायज नै छ ।

हैन डाक्टर भट्टराईले भने जस्तै मुलुक र जनताको सम्ब्रिद्दीको लागी नै गठबन्दन हो भने यती हतारो किन ? उसो त बाबुरामले कम्युनिस्ट उहिले नै छोडिसकेका हुन ! तर अहिले बाम गठबन्दनमा आउनुलाई धेरैले रहस्यमय तरिकाले हेर्न थाली सकेका छन् । कहीँ स्वार्थ समूहले बाबुरामलाई भित्र गठबन्दनमा छिराउने र लग्गत्तै बहानाबाजी बनाउन लगाएर बाहिर ल्याउने ताकी जनतामा बाम दलहरू प्रति गलत सन्देश जाओस भन्ने कुरा ले त काम गरेको छैन,या बाबुराम लाई बाम दल मा पठाएर आगामी दिन मा आफ्नो स्वार्थपुर्ती गर्न सकिन्छ भन्ने मनसाय ले काम गरेको त छैन । यी र यस्तै आसन्काको घेरामा डाक्टर भट्टराई हुनु हुन्छ ।भट्टराईको आगामी काम र ब्यवहाँरले अझै जान्ने र बुझ्ने मौका पाइनेछ ।