दाई देशको गृहमन्त्री, भाई अपराधको नाइके - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

दाई देशको गृहमन्त्री, भाई अपराधको नाइके



काठमाडौं । पछिल्लो समय मुलुकमा आपराधिक घटनाको श्रृंखला बढ्दो छ । अपराधिले राजनीतिक संरक्षण पाउने क्रम बढेसँगै मुलुकमा ठुला-ठुला आपराधिक घटना भइरहेका छन् । अपराधको करौतिले मुलुकलाई दिन प्रतिदिन रेटिरहेको छ ।

दुई वर्षअघि २०७४ असोज २३ गते दिउसोकै समयमा तत्कालिन निमार्ण व्यवसायि महासंघका अध्यक्ष सरद गौचनको आफूले मागेको साढे २ करोड रकम नदिएको भन्दै गुन्डा नाइके समीरमानसिंह बस्नेतले योजनावद्धरुपमा हत्या गराए । त्यस यता अन्य थुप्रै व्यवसायिहरूको पनि हत्या गरियो ।

यसरी हमला गरेर गुन्डाहरूले आफ्नो अपराधिक सामराज्य फैलाउँदै गएको पाइन्छ । प्रहरी हिरासत भित्रबाटै पछिल्लो समयमा गुन्डाहरूले आफ्नो सामराज्य जमाइरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

जसको जल्दोबल्दो उदाहरण हो तीन दिन मात्रै गृहमन्त्री रामबहादुर थापाका साइँला भाइ नरेश थापालाई प्रहरीले पक्राउ गर्नु । पक्राउ परेका नरेश जबर्जस्ती असुली धन्दामा संलग्न थिए ।

प्रहरीले नरेशसहित आठ जनालाई विभिन्‍न मितिमा पक्राउ गरेर सिआइबीको हिरासतमा गुपचुप राखेको थियो । स्रोतका अनुसार अनुसन्धानमा असर पुग्‍ने भएकाले उनीहरूलाई गुपचुप राखेर प्रहरीले अनुसन्धान थालेको थियो ।

सिआइबीका प्रवक्ता एएसपी दीपक रेग्मीले थापा अदालतमा हाजिर भएपछि नियन्त्रणमा लिएको बताएका छन् ।

पक्राउ पर्नेमा गृह मन्त्रीका भाइ नरेश थापा, काठमाडौं रानीवनका सुरन नगरकोटी, स्युचाटारका पवन खड्का, काठमाडौं भेडासिंहका सैलेश प्रजापति, नागार्जुनका विनोद लामा, मनबहादुर पुन मगर र प्रहरी जवान वीरबल भट्टराई छन् । भट्टराई कारागारभित्रै कार्यरत प्रहरी जवान हुन् ।

नरेश समिरको ग्याङमा संलग्न

प्रहरी अनुसन्धानबाट मन्त्री थापाका भाइ नरेश निर्माण व्यवसायी गौचन हत्याका प्रमुख अभियुक्त बस्नेतको टीममा रहेको खुलेको छ । समिरले जेलबाटै चलाएको असुली धन्दामा संलग्न रहेको देखिएपछि प्रहरीले उनलाई मुद्दामा तानेको हो ।

उनी समिरको योजना अनुरुप व्यवसायिहरूसँग रकम असुल्ने गर्थे । प्रहरी स्रोतका अनुसार समीरमानलाई भेट्न गृहमन्त्रीका भाइ नरेश जेलभित्रै जान्थे ।

संगठित अपराधमा मुद्दा

पक्राउ गरेका ८ जनाविरुद्ध सीआईबीले संगठित अपराधमा मुद्दा दर्ता गरेको छ । प्रहरीले अभियुक्तहरूलाई बुधबार अदालत समक्ष पेस गरेको थियो ।

पक्राउ परेका मध्ये दुई जनाको मात्र अदालतमा वयान सकिएको छ । सरकारी वकिल कार्यालयले उनीहरूमाथी संगठित अपराध र आपराधिक लाभ लिन खोजको अभियोगपत्र दर्ता गरेको छ ।