कोरियामा सरकारी बिदालाई तलबी बिदाको मान्यता दिने कानुन बनाउन माग - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कोरियामा सरकारी बिदालाई तलबी बिदाको मान्यता दिने कानुन बनाउन माग



उदय राई , दक्षिण कोरिया

दक्षिण कोरिया आर्थिक समन्वय र विकास सङ्घ (OECD)को ३४ वोटा सदस्य राष्ट्र मध्ये मजदुरले सबै भन्दा लामो समय काम गर्ने राष्ट्रमा दोस्रो मा पर्दछ । पहिलोमा मेक्सिको पर्दछ कोरियामा एक मजदुरले औषत OECD को तथ्याङ्क अनुसार २१ सय २४ घण्टा काम गर्दछन्।

OECD को ३४ वोटा सदस्य राष्ट्र मध्ये मजदुरले सबै भन्दा कम समय काम गर्ने देश जर्मन हो जर्मनी मजदुरले वर्षमा औषत १ हजार ३ सय ७१ घण्टा काम गर्दछन् धेरै काम गर्ने देशको रूपमा परिचित देश जापानमा मजदुरहरूले वर्षमा १ हजार ७ सय २९ घण्टा काम गर्दछन् भने अमेरिकामा मजदुरले १ हजार ७ सय ८९ घण्टा काम गर्ने गरेको पाइएको छ यस अनुसार कोरिया मा मजदुरहरू जर्मन मजदुर भन्दा वर्षमा ४ महिना , अमेरिकाको मजदुर भन्दा ४७ दिन र जापानको मजदुर भन्दा ४४ दिन बढी काम गर्दछन्। OECD को सदस्य राष्ट्र मध्ये सबै भन्दा थोरै समय सुत्ने र आराम गर्ने मजदुर कोरियाको हो। प्रयाप्त आराम गर्न नपाउनाले धेरै गम्भीर औधोगिक दुर्घटना हुने र मृत्यु हुने देश पनि कोरिया नै हो । हामीले स्वभाबिक रूपमा आराम गर्नेको लागि बिदा लिन पाउने सरकारी बिदा (क्यालेन्डरमा लेखिएको रातो बिदा )कोरियामा सबै मजदुरले समान रूपमा तलबी बिदा पाउदैन ।

मजदुर कानुन अनुसार बिदा बसे बापत पाइने तलबी बिदा भनेको हप्तामा १ पटक पाउने साप्ताहिक बिदा र अन्तर्राष्ट्रिय मजदुर दिवस ( May day )को दिन दिने बिदा मात्रहो । अन्य दिनमा बिदामा बसेमा आफ्नो वार्षिक बिदाबाट कटाउने वा बेतलबी बिदा लिनु पर्ने हुन्छ कि मजदुर सगंठन भएको कम्पनीमा मजदुर सङ्गठन र कम्पनी बिच सम्झौता भएमा सम्झौता अनुसार सबै बिदा तलबी बिदा लिने सकिन्छ नत्र भने माथि खुलाइएको २ दिन बाहेक तबली बिदा पाउने कानुनी व्यवस्था छैन । सरकारी बिदा (रातो बिदा ) सम्बन्धी नियमावली अनुसार सरकारी बिदा सरकारी कर्मचारीले मात्र लिन पाउने बिदा हो भनी व्यवस्था गरिएको हुनाले मजदुरको हकमा कानुनी रूपमा मान्यता प्राप्त तलबी बिदा होइन ।

कोरियामा साना तथा मझौला कम्पनीमा काम गर्ने मजदुर भएको कारणले सरकारी बिदाको दिन बिदा लिन चाहेमा आफ्नो वार्षिक बिदा (कोरियामा वर्षमा १५ दिन तलबी बिदा दिने कानुनी व्यवस्था छ )बाट कटौती गर्नु पर्ने हुन्छ । नत्र बेतलबी बिदा लिनु पर्ने हुन्छ यसरी मजदुरहरूले सरकारी बिदाको दिन आफ्नो वार्षिक बिदा कटाएर बिदा लिनु पर्ने ,लामो समय काम गरेर हुने असर घटाउन ,ढुक्क भएर सरकारी बिदालाई तलबी बिदा लिन पाउन सरकारी बिदा (रातो बिदा )लाई तलबी बिदा बनाउन कानुन बनाउन माग गर्दै कोरियन प्रजातन्त्रिक मजदुर महासङ्घ (केसीटियु)ले आज सेप्टेम्बर ५ तारिक संसद् भवन अगाडी पत्रकार सम्मेलन गरेको थियो ।

विश्वको मुख्य देशहरूमा १० देखि १५ वटा कानुनले सुनिश्चित गरेको बिदाहरू सबै जनताले लिन पाउनेछन । तर कोरियामा ४४ प्रतिशत अस्थाई मजदुरलाई सरकारी बिदा सम्बन्धी नियम लागु नभएको अवस्था छ । २०१७ को कोरियाको क्यालेन्डरमा १५ दिन रातो बिदा छ तर संसारको सबै भन्दा लामो समय काम गर्नु पर्ने कोरियन मजदुरकोलागि यो कुरा अर्को संसारको कुरा मात्रहो । २०१७ को जनवरी ३० को कोरियन नयाँ वर्षको बिदामा यो बिदाको सट्टामा लिने अर्को बिदा(वार्षिक वा अन्य) नभएर ३०० जना भन्दा कम मजदुर भएको कम्पनीको ५०% मजदुरहरूले यो बिदा लिन पाएनन । जति सानो कम्पनी त्यति मजदुरहरू बिदाको अधिकारबाट बन्चित हुँदै गैरहेको छन् मुख्य समस्या भएको को बिदा लिन चाहेपनि लिन नपाउनु हो ।

विगतको १९ औ संसद् र अहिलेको २० औ संसद्मा मजदुरहरूको बिदाको हक सुनिश्चित गर्न सरकारी बिदालाई तलबी बिदाको रूपमा कानुनी मान्यता दिन कानुन बनाई संसद्मा पेस गरे पनि पारित हुन सकेको छैन कानुन पारित नहुनुमा सरकारले संसदलाइ र संसदले सरकारलाई दोष लगाई रहेको अवास्थामा मजदुरको हृदय जलिरहेको छ । राष्ट्रपतिको गत चुनावमा सबै पार्टीले मजदुरले काम गर्ने समय घटाउने आफ्नो योजना सार्वजनिक गरिसकेको छ ।अब सरकार ,संसदले गरेको प्रतिबद्धतालाइ पुरा गर्नु पर्छ भन्ने माग केसीटियुले गरेको छ। केसीटियुले प्रेस विज्ञप्ति जारी गरी यो माग सार्वजनिक गरेको छ ।