एमाले नेताले भने- बुथ क्याप्चर गरेर मलाई हराए - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

एमाले नेताले भने- बुथ क्याप्चर गरेर मलाई हराए



हुम्लामा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दल रावलले सत्ता गठबन्धनले बुथ कब्जा गरेको आरोप लगाएका छन् ।

सत्ता गठबन्धनका उम्मेदवार माओवादीका छिरिङ डम्डोल लामासँग पराजित भएपछि नेता रावलले सामाजिक सञ्जाल फेसबुकमार्फत लामो स्टाटस लेख्दै दर्जन बढी बुथ कब्जा भएको आरोप लगाएका छन् ।

‘सत्ताउन्माद र गठबन्धनको आडमा जिल्लाका दर्जन बढी बुथ क्याप्चर भएका छ्न् । उक्त बुथमा हामीलाई मतदान गर्न नपाएर रुदै घर फर्कनुभएका मतदाताप्रति म ऋणि छु । अथक प्रयासका बाबजुद हामीले निर्वाचन अभियानलाई सफल बनाउन सकेनौँ’, उनले भनेका छन् ।

साथै उनले प्रतिनिधिसभा र प्रदेशसभामा विजयी भएका लामा र जीवनबहादुर शाहीलाई बधाई समेत दिएका छन् ।