दलित मुक्ति मोर्चा नेपालद्वारा पाणिनी गाउँपालिकामा प्रथम गाउँ सम्मेलन सम्पन्न - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

दलित मुक्ति मोर्चा नेपालद्वारा पाणिनी गाउँपालिकामा प्रथम गाउँ सम्मेलन सम्पन्न



हरि प्रसाद भुषाल/अर्घाखाँची
नेकपा माओवादी केन्द्र निकटको दलित मुक्ति मोर्चा नेपालले जिल्लाको पाणिनी गाउँ पालिकामा प्रथम गाउँ सम्मेलन सम्पन्न गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका दलित मुक्ति मोर्चाका जिल्ला इन्चार्ज खड्क दर्नाल संघीयता र संविधानविरोधीहरुका कारण संविधान कार्यान्वयन संकटमा परेको भन्दै राष्टियताको रक्षा गर्दै संविधान कार्यान्वयन गर्नका लागि देशभरका दलीतहरु सचेत बन्नुपर्ने बताएका थिए ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य वाइसिएलका जिल्ला इन्चार्ज ठाकुर सौराग (आदर्श), माओवादीका जिल्ला सम्मेलन आयोजक समिति सदस्य एवं मोर्चाका जिल्ला संयोजक जंग बहादुर परियार, खिदिमका गाउँ कमिटी अध्यक्ष युवराज ज्ञवाली, अनेमससंघ क्रान्तिकारकिा जिल्ला सदस्य पार्वता वि.क.र कमला घिमिरे लगायतले मन्तव्य राख्दै दलितहरुको मुक्तिको लागि संघर्ष गर्ने एकमात्र संगठन दलित मुक्तीमोर्चा रहेको भन्दै संगठित लडाइका लागि सवै दलीतहरु एक हुनुपर्नेमा जोड दिएका थिए ।

सम्मेलनले रेन बहमदुर विश्वकर्माको अध्यक्षतामा १९ सदस्यीय दलित मुक्तिमोर्चा नेपाल पाणिनी गाउँ समितिको सर्वसम्मत गठन गरेको छ ।
जसको उपाध्यक्षमा चिरन्जिवी सुनार, सचिवमा मिना नेपाली, सहसचिवमा चन्द्र बहादुर वि.क., कोषाध्इयक्षमा लक्ष्मण वि.क. रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा श्याम बहाहदुर वि.क., सुमित्रा बि.क., उजेली सुनार, सोनाम नेपाली, कृष्ण बहादुर नेपाली, थम्मन परियार, केशव परियार, पार्वता विक., चन्द्रिका वि.क. र राम बहादुर सुनार रहेका छन ।

कार्यक्रम मान बहादुर विश्वर्माको संचालन, जिल्ला आयोजक समिति सदस्य चिरन्जिवी विश्वकर्माको स्वागत मन्तव्य र रेन बहादुर वि.क.को अध्यक्षतामा सम्पन्न भएको त्यहाँबाट खड्क दर्नालले जानकारी दिएका छन् ।