नेपालको दलित आन्दोलन पनि नेपालको प्रजातान्त्रिक आन्दोलन जत्तिकै पुरानो छ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

नेपालको दलित आन्दोलन पनि नेपालको प्रजातान्त्रिक आन्दोलन जत्तिकै पुरानो छ!



“ दलितले सहनको नि सीमा हुन्छ” !!

कानुनले छुवाछुत मुक्त देश घोषण गरेता पनि दलित परिवारले यसको अनुभूति गर्न पाएका छैनन्।पिल्सिएर नै बस्न बाध्य छन्।समाजले हेर्ने द्र्ष्ट्रीकोण परिवर्तन हुन सकेको छैन।पहिला जहाँ थियो अहिले त्यही अल्झिएकै छ एउटा मान्छे अर्को मान्छेलाई छोएमा पानी नचल्ने जात जाने यो प्रचलन नेपाल र भारतको हिन्दु समुदाय बाहेक विश्वको कुनै पनि मुलुकमा भएको पाइदैन!!

दलित समस्याहरू:

नेपालको संविधानमा दलित विषयमा कानुन बमोजिम लेखिये पनि किन ब्याबहारमा लागू किन हुँदैन ?
नेपालमा लगभग झन्डै ६० लाख भन्दा माथि दलित छन् ! तर नेपालका दलित देशको राष्ट्रपति प्रधानमंत्री बन्न सक्दैन किन दलित सङ्ग योग्यता छैन ? राजनैतिक पार्टीले दलितलाई कहिले सम्म भोट बैङ्क बनाउने हो ? जातीय छुवाछुत के हो? कसरी कहाँबाट सुरुवात भयो?मुलत दलित समुदायभित्र कस्ता- कस्ता जातिहरु पर्छन? नेपालमा दलितको अवस्था के कस्तो छ? दलितका हक अधिकार निम्ति के कस्ता सङ्घर्ष भए?

नेपालका दलितका अवस्थाहरु :

समाज शिक्षित र परिवर्तित हुँदै गएको छ।तर मानवको मानष्पटकमा कुसंस्कार, कुरिती,अमानविय, अपचनिय र असम्मानिय आदि सोचको पट्टकै परिवर्तन भएको पाईन्न।उल्टो नराम्रो कुराको जरो मोटाउदै गएको पाइन्छ। मतलब विभेद तथा छुवाछुतले जरो गाडी फैलिनै रहेको छ।दलित विरोधी भेदभाव, छुवाछुत भावना र रुढिवादिको सोच सामाजिक व्यवहारमा पोखिदै आएको छ।

शिक्षक, भाषन गर्ने नेता र कानुन बनाउने मान्छेहरू तिनै गर्छन् विभेद किन? जातिको अधारमा विभेद गरिनु हुँदैन। हामी नेपाली एकै हौ। सबै बराबर हौ भन्ने वुद्विजिविहरु नभएका हैनन तर व्यवहारमा किन भएन? कामका अधारले दलित भएको हो भने गैर दलितले नि दलितले गर्ने काम/ पेसा सबै गरेको छन् तर पनि तिनैले दलित अछुत हो भन्छन् किन?

ग्रामीण र दुर्गम ठाउँमा मात्रै असमनता हो त?
जतिय विभेद समय सँगै अफै हराएर जन्छ त?
सभ्य र शिक्षित भएको ठाँमा विभेद छैन त?

समाजका मान्य गन्य व्यक्तिबाटै धेरै विभेद भएको पाइन्छ।दलितमा घटेका धेरै जसो घट्नाहरु पैसा कै करण गायव भएको पाइन्छ।प्रेम गर्दैमा, कसैलाई मन पराएर अन्तरजातिय विवाह गर्दैमा दलितको भेदभाव मुक्त हुन सक्दैन।यदि विवाह भई हाल्यो भने पनि समाज यस्तो छ जसरी हुन्छ अलग र छुट्याउन अर्थात् गाउँनै छड्ने बाध्य गराउछ।अनेक लाल्छना लगाई अपहरण तथा वालविवाह जस्ता मुद्दा लगाएर भएनी जेल भित्र कोच्न चाहान्छ!

नेपालमा दलितका चुनौतीहरू:

दबिएर,पिल्छिएर र सामाजिक रूपमा ज्यादै पछि पारिएर उत्पिडनमा परेका दलित समुदायलाई समाजको हरेक क्षेत्रमा छाती फुलाएर र काँधमा काँध मिलाएर हिँड्ने अवस्था सुर्जना गर्नु नितन्त आवश्यक छ।नेपालको इतिहासमा अपमानित जीवन जिउन बाध्य यो समुदायबाट बेला- बेलामा विरोधका आवजहरु नउठेका होईनन तर त्यस बेलाको सामान्ती शासन व्यावस्थाका नाईकेहरुले अझै दबाउदै लगेको पाइन्छ।दलितको वास्तविक मुक्ति भनेको राज्य सत्तामा सहभागिता वा राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक, न्ययक सबै क्षेत्रमा गाउँ देखि केन्द्रसम्म सहभागिता हुनु नै हो।

दलित कानुन बनेपछी समस्या समाधान किन हुन सकेन त? उत्तर यही हो हातमा दही जमाएर बस्ने भन्दा नि “सहनको नि सीमा हुन्छ” यो युक्तिलाई मनन गरी तन मन दिएर एकता भएर अगाडि बढ्नु दलितका आवश्यक विषय हो!

अझैपनि राज्य र राजनीतिक दल यथास्थितिवादी सोच चिन्तन र प्रवृतिबाट माथि उठन सकेन भने समाजलाई असभ्यताबाट मुक्त गर्न सकिँदैन । बरु विभेदका रुपहरु फेरिदै दोहोरिने खतरा रहिरहन्छ । यसमा राज्य, राजनीतिक दल र बौद्धिक वर्ग आजैदेखि लागीपरे तमामखाले समाजका विभेदजन्य विकृति र विसंगतिलाई अन्त्य गर्न सकिन्छ र त्यसका विरुद्ध नयाँ र सुन्दर समाजको कल्पना गर्न सकिन्छ ।

@ आरबी खड्का भारत