दलितले छोएको भन्दै भतेर घोप्ट्याउने जनप्रतिनिधि पक्राउ - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

दलितले छोएको भन्दै भतेर घोप्ट्याउने जनप्रतिनिधि पक्राउ



कास्की । दलितले भान्सा छोएको भन्दै भतेर घोप्ट्याउने कास्कीका एक जनप्रतिनिधि पक्राउ परेका छन् । व्रतबन्ध भोजमा दलितले भान्सा छोएको भन्दै घोप्टाउने माछापुच्छ्रे गाउँपालिका–५ रिभानका वडा सदस्य रामजी लामिछाने आइतबार पक्राउ परेका हुन् ।

यसअघि रिभानका चार जनाविरुद्ध नारायण परियारले जातीय विभेदको आरोपमा जाहेरी दर्ता गराएका थिए । जाहेरी दर्ता गरिएपछि लामिछाने फरार थिए ।

सन्तोष परियारका दुई छोरा साहिल र समीरलाई दानदक्षिणा गरेपछि भान्सामा पुगेका थिए । त्यतिखेरै भान्सामा खटिएकीसरिता लामिछानेले थर सोधेपछि आफू परियार भएको बताएका थिए । तर, परियारहरुका लासग छुट्टै भान्साको व्यवस्था भएको भन्दै लामिछानेले रोकेकी थियन् ।

त्यतिबेलै वडासदस्य रामजी लामिछानेले दलितले छुँदा भान्सा जुठो भएको भन्दै दाल, भात, तरकारी घोप्टाइदिएका थिए ।
फरार रहेका जनप्रतिनिधि लामिछाने र स्थानीय सरिता लामिछाने आइतबार प्रहरीसमक्ष आत्समर्पण गरेपछि पक्राउ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी श्रवणकुमार विकले बताए । उनीहरुलाई दुवै जनलाई अदालतबाट म्याद थप गरी थुनामा राखिएको प्रहरीले जनाएको छ ।