मञ्जु पौडेलको गीतमा झुमेका बैंक लुटेरा प्रहरी फन्दामा (भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मञ्जु पौडेलको गीतमा झुमेका बैंक लुटेरा प्रहरी फन्दामा (भिडियो सहित)



 मन्जु पौडेलले र उनकी छोरी स्नेहाले बैङ्क लुटेराहरुलाई पक्रन सहयोग गरेको भिडियो सार्वजनिक भएको छ ।

गायिका तथा उद्धोषिका मञ्जु पौडेलको अर्को बिल्कुलै फरक शैलीको गीत दामी छ रेन्त बजारमा आएको छ । मञ्जुकै छोरी स्नेहा पौडेलले मोडलिङ गरेको उक्त गीत एक कार्यक्रमका बिच सिटि म्याक्स हलमा सार्वजनिक गरिएको थियो ।

अत्यन्तै रोचक तरिकाले बनाइएको उक्त गीतको भिडियोमा मन्जु पौडेलले बैङ्क लुट्नेहरुलाई पक्रन सहयोग गरेको देखाइएको छ ।

मधु साश्रु को शब्दमा सन्तोष श्रेष्ठ को सङ्गीत रहेको उक्त गीतमा स्वर मञ्जु पौडेलले सजाएकी छन् । यस अघिका थुप्रै गीत भन्दा निकै भिन्न तरिकाले बनाइएको यो गीतको भिडियो पनि निकै रमाइलो छ ।

सो गीतमा छायाङ्कन दुर्गा पौडेल, कोरियोग्राफी बि. गोर्खाली ब्वाईज र सम्पादन निशान घिमिरे को रहेको छ । भिडियोलाई सहिम प्रजापति ले निर्देशन गरेका हुन ।

यस्तो छ भिडियो :-