बारमा पुगेकी निरुता 'नाचिदेउ नाचिदेउ' कसलाई भन्दैछिन् ? (भिडियो सहित) - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

बारमा पुगेकी निरुता ‘नाचिदेउ नाचिदेउ’ कसलाई भन्दैछिन् ? (भिडियो सहित)



काठमाडौं, २३ जेठ

गत केहि दिन अघि मात्र छायांकन भएको मोडल निरुता क्षेत्री फिचर गीत ‘नाचिदेउ नाचिदेउ’ सार्वजनिक भएको छ । संग्स नेपालको अफिसल युटुब मार्फत सार्वजनिक गरिएको गीतमा निरुता संगै मोडल कृष्ण पराजुलि लाई पनि फिचर गरिएको छ । निर्देशक सत्यराज चौलागाईको निर्देशन र कोरियोग्राफर सुरेन बसेलको कोरियोग्राफमा तयार भएको गीतमा सन्कल्प भुजेलले क्यामेरा चलाएका छन भने टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

नेपाली मोडलिङ क्षेत्रमा भबिष्य खोजिरहेकी र नेपाली मोडलिङ्ग तथा गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै अघि बढेकी मोडल निरुता क्षेत्री अभिनय संगै गायनमा पनि अघि छिन । निरुताको आगामी केहि हप्तामा आफ्नै आवाजमा तयार भएको गीतको अर्को भिडियो पनि नेपाली संगीत बजारमा आउने भएको छ ।

राजधानिमा सौन्दर्य ब्याबसाय गर्दो आएकी निरुता राम्रो ब्युटीसेन पनि हुन् । कलाकारिता र पेशा लाई संगै अघि बढाएकि निरुताको सार्वजनिक गीत डान्सपप नम्बरको रहेको छ । गीतमा गायक महेश शाहि र मिना निरौलाको आवाज रहेको छ । गीतमा महेश शाहीको संगीत र डी जे अनिल नापितले डीजे भंरेका छन ।