बालेनपछि सुनिता डङ्गोल पनि 'एक्सन'मा- आजदेखि अभियान सुरू - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

बालेनपछि सुनिता डङ्गोल पनि ‘एक्सन’मा- आजदेखि अभियान सुरू



काठमाडौं- काठमाडौं महानगरपालिकाले आजदेखि पर्वलक्षित बजार अनुगमन गर्ने भएको छ । बिहान ८ बजेदेखि महानगरका विभिन्न स्थानमा बजार अनुगमनको कार्य सुरु हुँदैछ ।

अनुगमन टोलीमा उपमेयर सुनिता डंगोल पनि सहभागी हुनेछिन् । उपमेयर डंगोलको नेतृत्वमा तीनवटा समूह बजार अनुगमनमा परिचालन हुनेछ ।

यस्तै संघ तथा प्रदेश कार्यालयका प्रतिनिधिहरू पनि बजार अनुगमनमा सहभागी हुनेछन् । सुलभ पसल, तरकारी, माछा मासु, दूग्ध पदार्थ, डिपार्टमेन्ट स्टोर लगायतमा अनुगमन गरिने बताइएको छ ।

चाडपर्वका बेला हुने बजार अनुगमन कर्मकाण्डी मात्रै हुने गरेको आरोप लाग्ने गरेको छ ।