दरबारमार्गका पसलबाट मंत्री मोटाए, जनतालाई हात्ती आयो फुस्स - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

दरबारमार्गका पसलबाट मंत्री मोटाए, जनतालाई हात्ती आयो फुस्स



काठमाडौं, २८ असोज । 

केहि  समय अगाडी सामाजिक संजाल देखि सामाजिक भोज भतेर सम्म चर्चा भएको विषय हो दरवारमार्गका पसल र त्यहाँ पाउने सामानमा ठगिएका उपभोक्ता । निकै हल्लाखल्ला गर्दै दरबारमार्गका केही पसलहरुमा आर्पूति मन्त्रालयले छापा पनि  मार्यो । बेन्ट्ले, नाइक, बान स्टोर जस्ता पसलहरुमा छापा मार्ने र शिल गर्ने काममा आपूर्ति मन्त्री शिवकुमार मण्डल नै अगाडी सरे । मिडियामा पनि उत्तिकै ताते, जनतालाई लाग्यो अब केहि हुन्छ ।

समय बित्दै गयो, जनताले बिर्सदै गए, हल्ला मथ्थर भयो दरवारमार्गका पसलहरु पनि खुले तर, कसरि खुले कसैले सुइँको पनि पाएनन् ।

पाँच हजारको सामानलाई २५ हजार लिएको भनेर सामाजिक सञ्जालमा ठूलै टिप्पणी पनि भयो । मन्त्रीले यस्ता लूटेरा ब्यापारीलाई नछाड्ने गफ पनि हाँके । तर विर्सजन भने दक्षिणाबाटै भएको खबर थाहा भएको छ ।

दशैं अघि ती पसलहरुको शील खोलियो र उनीहरुले फेरि पुरानै शैलीमा ब्यापार पनि गर्दै आएका छन् । यो काण्ड मिलाउन कार्यमा संलग्न एक ब्यापारीका अनुसार दरबार मार्गको शील काण्ड मोटो रकममा मिलेको गाइगुइ छ बजारमा  ।

त्यसमध्ये आपूर्ति मन्त्री मण्डलले मोटो रकममा हात पारेका रहेछन् । मोटो रकम मध्ये पनि मन्त्री मण्डलको व्यवस्था बेन्ट्लेले मात्रै गरेको पनि ती ब्यापारीले जानकारी दिएका छन् । बाँकी रकम छापा मार्ने महाकार्यमा संलग्न अरु अधिकारीहरुबीच बाँडिएको पनि बुझिएको छ ।