दरबारमार्गका व्यवसायीले भने: आपूर्ति मन्त्रालयको अनुगमन गैरकानुनी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

दरबारमार्गका व्यवसायीले भने: आपूर्ति मन्त्रालयको अनुगमन गैरकानुनी



भदौ २३, काठमाडौं।

दरबारमार्गका ब्राण्डेड शपमा आपूर्ति मन्त्रालयले गैरकानुनी रुपमा छापा मारेर अनुगमन गरेको व्यवसायीले आरोप लगाएका छन्।

दरबारमार्गका व्यवसायीको संगठन दरबारमार्ग विकास बोर्डले विहिबार गरेको पत्रकार सम्मेलनमा आपूर्ति मन्त्रालयले अत्यावश्यक खाद्यान्न वाहेक लत्ताकपडा लगायतका ब्राण्डेड पसलमा छापा मार्ने अधिकार नभएको उनीहरुको जिकिर छ।बोर्ड अध्यक्ष गोपालसुन्दर कक्षपत्तिले मन्त्रीसहितको टोलीले कानुनी अधिकार नाघेर दरबारमार्गका पसलमा अनुगमन गरेर सिलबन्दी गरेको आरोप लगाए।

‘आपूर्तिमन्त्रीसहित कुन अधिकार टेकेर दरबारमार्गको पसलमा छापा हान्नुभएको हो?,उनले प्रश्न गर्दै भने,आपूर्ति व्यवस्थापन विभागले अत्यावश्यक वस्तु मात्रै अनुगमन गर्न पाउने अधिकार छ।तर दरबारमार्गमा मन्त्रीनै आएर छापा मार्ने काम किन भयो? आपूर्तिमन्त्री शिवकुमार मण्डलसहितको विभागका महानिर्देशक कुमारप्रसाद दाहालसहितको अनुगमन टोलीले सोमबार दरबारमार्गका ब्राण्डेड शपको अनुगमन गर्दा उच्च नाफा लिएर सामान बिक्री गरेको पाइएको भन्दै चार वटा पसलमा सिलबन्दी गरिएको थियो।

उनले पसलले कागजात देखाउँदादेखाउँदै पसल सिलबन्दी गरिएको बताउँदै दरबारमार्गको व्यापारलार्इ निरुत्साहित गर्न अनुगमन गरिएको आरोप लगाए।‘पसल संचालकले विलविजक देखाउँदा पनि नहेरी पसलमा सिलबन्दी गरिएको छ’कक्षपत्तिले भने,दरबारमार्गको व्यापारलार्इ ध्वस्त बनाउन अनुगमन गरिएको हाम्रो अनुमान छ।‘

उनले दरबारमार्गका व्यवसायीले वर्षौदेखि सरकारी कर तिर्दै आएको बताउँदै अन्तर्राष्ट्रिय ब्राण्ड र व्यवसायीको गरिमामा आँच पुर्याउने गरि छापा मारिएको आरोप लगाए।नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ३का अध्यक्ष दिनेश श्रेष्ठले दशै पारेर व्यापारनै प्रभावित पार्ने गरि छापा मारिएको बताए।उनले राज्यलार्इ तिर्नुपर्ने कर तिरेर व्यवसाय गर्नेलार्इ निरुत्साहित पारिएको बताए।