दार्चुलाका सीडीओले भारतलाई दिए काउन्टर - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

दार्चुलाका सीडीओले भारतलाई दिए काउन्टर



काठमाडौं- दार्चुलाका सीडीओले भारतलाई काउन्टर दिएका छन् । भारतले कब्जामा लिएको नेपाली भूमि गुन्जी, कालापानी र लिम्पियाधुरा क्षेत्रमा नेपालीको प्रवेशमा रोक लगाउन गरेको पत्राचारको जवाफ नेपालले फर्काउँदै उनले काउन्टर गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतलाई पत्र पठाउँदै गुन्जी, कालापानी र लिम्पियाधुरा नेपाली भूमि भएकाले त्यहाँ जान भारतको अनुमति आवश्यक नरहेको जवाफ फर्काएको बताइएको छ ।

सुगौली सन्धीको धारा ५ मा भएको व्यवस्था, त्यतिबेला नेपाल सरकार र इष्ट इन्डिया कम्पनीबीच भएको सम्झौताको धारा ५, त्यतिबेलाका नक्साहरु र ऐतिहासिक तथ्य प्रमाणहरुको आधारमा त्यो नेपाली भूमि भएको समेत दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताएका छन् ।

त्यहाँ नेपालीले आवगमन गर्नु स्वाभाविकै रहेको र त्यहाँ आवागमन गर्ने नेपालीलाई कुनै पनि तत्वबाट अवरोध गर्न नसक्ने भन्दै पोखरेलले भारतलाई पत्र पठाएको बताईएको छ।

उनले पठाएको पत्रमा गुन्जी, कालापानी र लिम्पियाधुरा क्षेत्र पूर्णरुपमा नेपालको रहेको र त्यहाँ हिँडडुल गर्न नेपाली नागरिक पूर्णरुपमा स्वतन्त्र रहेको उल्लेख गरेका छन् ।

भारत जुलाई १४ मा दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाउँदै गुन्जी, कालापानी र लिम्पियाधुरा क्षेत्रमा नेपालीको प्रवेशमा रोक लगाउन पत्राचार गरेका थिए ।