दार्जिलिङमा फेरि हिंसा भड्कियो, २ जनाको मृत्यु दर्जन बढी घाइते - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

दार्जिलिङमा फेरि हिंसा भड्कियो, २ जनाको मृत्यु दर्जन बढी घाइते



काठमाडौं, असोज २७ ।

दार्जिलिङमा फेरि हिंसा भड्किएको छ । प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा २ जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान दार्जिलिङको तकभर क्षेत्रमा सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडप हुँदा एक सुरक्षाकर्मीसहित २ जनाको मृत्यु भएको छ ।

विमल गुरुङलाई लक्षित गरी सुरक्षाकर्मीले शुक्रबार बिहानैदेखि खोजी अभियान तीव्र पारेको थियो । सोही क्रममा प्रहरीका इन्स्पेक्टर अमिताभ मल्लिकको मृत्यु भएको हो ।

झडपमा मारिएका आन्दोलनकारीको सनाखत भएको छैन । घटनामा दर्जन बढी घाइते छन् । आन्दोलनकारीले सुरक्षाकर्मीको गाडी पनि तोडफोड गरेका छन् ।