पत्रकार ज्ञवालीको ‘डार्क मुन’ सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

पत्रकार ज्ञवालीको ‘डार्क मुन’ सार्वजनिक (भिडियो सहित)



काठमाडौं । एक दशकदेखि कला पत्रकारितामा सक्रिय रहेका रामजी ज्ञवालीको निर्देशनमा तयार पारिएको छोटो चलचित्र ‘डार्क मुन’ सार्वजनिक गरिएको छ ।

एउटी आमाले सन्तानप्रतिको दायित्व बिर्सदा उनका सन्तानको भविष्य कतातर्फ जान्छ ? भन्ने सामाजिक यथार्थ घटनालाई मनछुने तरिकाले ‘डार्क मुन’मार्फत देखाउन खोजिएको छ ।

चलचित्रमा साहिल खान, सूर्या थापा, क्रिजन गौतमले शीर्ष भूमिका निभाएका छन् । सूर्याले केही चलचित्रमा अभिनेत्रीको भूमिकामा काम गरिसकेकी छिन् भने क्रिजन गौतम नेपाली चलचित्र उद्योगका बाल कलाकार हुन् ।

निर्देशक ज्ञवालीका अनुसार, ‘यो समाजको यथार्थ तस्बिर हो, जुन भिडियोबाट देखाउन खोजिएको छ । यो हेरिसकेपछि हरेक आमाबुबाले आफ्ना सन्तान आफ्नै कारण घरवार विहीन नहुन् भन्ने कुरा सोचिदिनुपर्ने बताए । आफ्नो व्यक्तिगत खुसीका लागि सन्तानको भविष्य अन्धकार नहोस् भन्ने सन्देश दिनु यसको उद्देश्य रहेको ज्ञवालीले बताए ।

डार्क मुनको कथा नेपाली चलचित्र उद्योगको सफल चलचित्र लेखक प्रदीप भारद्वाजले लेखेका हुन् । कृष्मा गौतम र सारा भुर्तेलले निर्माण गरेको यो चलचित्रलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् । भिडियो हेर्नुहोस :