दर्ता विवाहमा कडाइ विदेश लगेर यौन शोषण गर्ने गरेको खुलास - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

दर्ता विवाहमा कडाइ विदेश लगेर यौन शोषण गर्ने गरेको खुलास



हिमाल पोस्ट / काठमाडौं २७ कात्तिक,
जिल्ला प्रशासन कार्यालय काठमाडौंले विदेशी युवासँग नेपाली युवतीले गर्ने दर्ता विवाहमा कडाइ गरेको छ ।

नेपाली महिलालाई विदेशी नागरिकले विवाह गरी उनीहरुको देशमा , हिंसालगायत चरम यातना दिनेजस्ता घटना बढेपछि प्रशासनले कडाइ गर्न थालेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता गणेशकुमार भट्टराईले विवाह गरेर विदेश गएका युवतीले गम्भीर खालका समस्या भोग्नुपरेको गुनासो बढेपछि दर्ता विवाहमा कडाइ गरिएको जानकारी दिएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

अहिले नेपाली युवतीलाई चीन र दक्षिणा कोरियाका नागरिकसँग विवाह गर्न पूर्ण रुपमा रोकिएको छ ।

यसअघि भने जिल्ला प्रशासन कार्यालयमा कोर्ट र पोस्ट म्यासरज गर्न आउनेमध्ये सबैभन्दा बढी कोरियाली केटा र नेपाली केटीकै बढी हुने गरेको थियो ।