यस वर्षको दशैंमा दक्षिणा ३० अर्व - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

यस वर्षको दशैंमा दक्षिणा ३० अर्व



काठमाडौं- दशैंमा प्राय टिका लगाइसकेपछि दक्षिणा दिनेहरुले नयाँ नोट दिने चलन छ । त्यसका लागि सरकारले हरेक दशैंमा नयाँ नोट प्रचलनमा ल्याउँछ ।

सरकारले नयाँ नोट सटही सुविधा दिएपछि यो वर्ष असोज ४ देखि २५ गतेसम्र्ममात्रै ३० अर्ब रुपैयाँ नयाँ नोट साटिएको छ । ५०० र १०० दरका १७ अर्ब र १०० भन्दा तलका १३ अर्ब गरी कूल ३० अर्ब रुपैयाँ नयाँ नोट साटिएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।

राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँका एक सेट गरी एक जनाले साढे १८ हजार रुपैयाँ साट्न पाउने व्यवस्था गरेको थियो । राष्ट्र बैंकले आफ्ना देशभर रहेका कार्यालय र विभिन्न बैंकहरुमार्फत् नयाँ नोट सटही सुविधा उपलब्ध गारएको थियो ।

राष्ट्र बैंकले प्रत्येक दशैंमा नयाँ नोट सटहीको सुविधा उपलब्ध गराउँदै आएको छ । आम सर्वसाधारणहरु पनि घन्टौं लाइन बसेर नयाँ नोट साट्दैका छन् ।
के यो ३० अर्बका नयाँ नोट सबै दक्षिणा दिनमा खर्च होला ?