सञ्चारकर्मी रेग्मीको “फोनमा रुदै नभन न ”दसैं गित बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सञ्चारकर्मी रेग्मीको “फोनमा रुदै नभन न ”दसैं गित बजारमा (भिडियो सहित)



नेपाली सांगीतिक जगतका नेपाली चाडपर्वको महत्वलाई झल्काउदै आफ्नो पिर र वेदनालाई समेटेर बजारमा आफनो नयाँ एलबम आउने क्रम जारी रहेको छ । यस्तै नेपाली हरुको महान पर्वलाई लक्षित गरेर तिर्सना म्युजिक प्रालिको प्रस्तुतिमा  गायक कुलेंद्र बिक र गायिका पूर्णकला बिसी को आवाज मा रहेको यो गीत   “फोनमा रुदै नभन न  ” भखरै बजारमा आएको छ ।

सञ्चारकर्मी समेत रहेकि कल्पना रेग्मी को शब्द सृजना मा निकै मन छुने दशैं गीत ” फोनमा रुदै नभन न ” बजार मा आएको हो ।

एउटा लाहुरेको जिन्दगी अनी उसको पारिबारिक जिन्दगी को कल्पना गरेर बनाइएको यो गीत ले देश प्रेमी लाहुरे अनी उसकी प्यारी श्रीमती बीच दशैं ले कतिको खुशी र त्यस्तै दुख पनी ल्याको छ भन्ने संदेश दिइरहेको छ ।। उनको  सृजना लाइ झैँ यो दशैँ गीत ‘ फोनमा रुदै नभन न ” लाइ पनी पक्कै दर्शक श्रोता हरु ले रुचाइदिनु हुनेछ भन्ने उनले आशा राखेकी छिन ।

चर्चित मोडल बाबुराम बोहोरा, कल्पना रेग्मी र जिया पौडेलको अभिनयलाई उक्त गितको भिडियोमा देख्न सकिन्छ । गीत को छायांकान राजेश घिमिरेले गरेका छन् भने निर्देशन बाबुराम बोहोरा ले नै गरेका छन् । सम्पादन बिष्णु शर्माले गरेका हुन् ।