शिलु भट्टराईको दसैं बिशेष गीत सार्बजनिक(भिडियो सहित) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

शिलु भट्टराईको दसैं बिशेष गीत सार्बजनिक(भिडियो सहित)



अनिल खत्री/ गुल्मी, २९ भदौ ।

लोक दोेहोरी गायिका शिलु भट्टराईको दसैं बिशेष गीत सार्बजनिक भएको छ । बिशेष गरि चाडपर्वका गीतहरु सार्बजनिक गरेर चर्चामा रहेका गायिका भट्टराईले यस वर्षको दसैंको पर्वको लागी पनि ‘दसैं आयो’ सार्बजनिक गरेकी हुन् ।

चाडपर्व सँगै कलाकारहरुले सार्बजनिक गर्ने गीतहरुले पनि थप रौनकता भित्राउछ । नेपालीहरुका महान पर्वको रुपमा मनाइने दसैं सँग सम्बन्धीत रहेका गायिका भट्टराईले गत वर्ष जस्तै यस वर्षको दसैं पर्व बिशेष गीत बजारमा ल्याएकी हुन् ।

गायिका शिलु भट्टराई र कुलेन्द्र बिकको सुमधुर स्वर रहेको गीतमा शिब हमालको लय शब्द रहेको छ । महान पर्व वडा दसैं आयो सँगै गाउँघरमा खुसी रमाइलो ल्यायो भन्ने मुख्य भाव गीतमा रहेको गायिका भट्टराईले बताइन् ।

दसैंमा सबैतिर उल्लासमय वातावरण सँग सम्बन्धीत रहेर गीतमा शब्द भाव राखिएको गायिका भट्टराईले बताइन् । बिन्ध्यावासिनी म्युजिक प्रलिले बजारमा ल्याएको गीतमा सुमन पौडेल र गीता केसीको अभिनय रहेको छ ।