दसैंको टीका आज पनि टीका लगाइदै,पूर्णिमासम्म लगाइरहने परम्परा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

दसैंको टीका आज पनि टीका लगाइदै,पूर्णिमासम्म लगाइरहने परम्परा



काठमाडौं,१५ असोज । 

विजया दशमीपछिको दिन आज एकादशी । आज पनि मान्यवरसँग टिका प्रसाद ग्रहण भइरहेको छ । आज आइबार पनि मान्यजनबाट टीका लगाउने क्रम जारी छ ।

यो क्रम पूर्णिमासम्म रहने छ । नवरात्रमा भवानी नवदुर्गाको आराधना गरिएको प्रसाद टीका जमरा मान्यजनको हातबाट लगाउने क्रम विजयादशमीदेखि पूर्णिमासम्म चल्छ।

घरका र नजिक भएका मान्यजनसँग विजयादशमीका दिन टीका लगाउने र भोलिपल्टपनि टाढा रहेका आफन्तकहाँ जाने प्रचलन छ। भ्याएसम्म दशमीकै दिन सम्भव नभए भोली पल्ट पनि टीका लगाउने मान्यता छ।

विजयादशमीका दिन नभ्याइएकाहरु र टाढा ससुराली, मावली, बुढोमावली भएकाहरुले पूर्णिमासम्म टीका आर्शिवाद लिने दिने गर्छन् ।

नवरात्रभर पूजा गरिएका सामग्री तथा जमरा कोजाग्रत पूर्णिमाको बिहान सेलाउने परम्परा छ। नेपालकै कतिपय स्थानमा भने दशमीमा देवी विसर्जन गरी घडा सेलाइन्छ पनि चलन रहदैँ आएको छ ।

यसैबिच, विजयादशमीका लागि घर गएकाहरू पनि आफ्नो कर्म क्षेत्रमा फर्किने क्रम बढेको छ । सरकारले दसैंका लागि फूलपाती (बुधबार)देखि द्वादशी (सोमबार) सम्म सार्वजनिक विदा दिएको छ।