एक जोर नयाँ लुगा किन्न मजदुरी गर्दै बालबालिका - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

एक जोर नयाँ लुगा किन्न मजदुरी गर्दै बालबालिका



काठमाडौं/१२ असोज

यतिवेला देशभर दसैँको हर्षोल्लास छ । मुलतः दसैँ केटाकेटीहरु बढी रमाउने मान्ने चाड हो । नयाँ लुगा लगाउने र मीठो खाने रहर यतिवेला भने पूरा हुन्छ भन्ने विश्वासमा केटाकेटी देखिन्छन् । त्यसैले त अभिभावकलाई खर्च जुटाउन चटारो परिरहेका वेला बालबालिका भने निस्फिक्री देखिन्छन् ।

दसैँको विदामा घरपरिवार, आफन्त र साथीभाईसँग हाँस्दै, खेल्दै रमाउने, पिङ्ग खेल्ने, चंगा उडाउन मस्त । तर, बैतडी सदरमुकाम गोठलापानीको एक दलित वस्तीका बालबालिका भने यी सबै कुराबाट बञ्चित छन् । रमाइलो गरेर होइन, आफ्ना आवश्यकता पूरा गर्न कडा परिश्रम गरेर बसिरहेको देखिन्छ ।

बैतडी सदरमुकाम गोठलापानीबाट दसैँको लागि हुलका हुल मानिसहरु आफ्ना केटाकेटी बोकेर ओहोरदोहोर गर्नेगर्छन् । तर त्यही हुललाई ओहोरदोहोर गर्ने बस सफाइ गर्ने काम गरिरहन्छन् सदरमुकामनजिकको एक दलितबस्तीका कलिला बालकहरु ,खवर नयाँ पत्रिकामा छ ।

दशैंमा नयाँ कपडा लगाउने, मिठो मसिनो खाने, नयाँ–नयाँ ठाउँ घुक्ने रहरलाई मारेर ८–९ वर्षका बालबालिका दसैँ सुरु हुनुभन्दा एक महिनाअगाडिदेखि बसपार्कमा सिँडी चढेर बस पुछिरहेको छन् । मैलो र ठाउँठाउँ उध्रिएका लुगामा देखिने आधा दर्जन बालकहरु दिउँसोको टन्टलापुर घाममा एक जनाले पानी बोक्छन् अर्काले गाडी पुच्छ्ने गर्छन् ।