दशैंमा तौल बढ्यो ? सजिलै घटाउन अपनाउनुस् यी १० टिप्स - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

दशैंमा तौल बढ्यो ? सजिलै घटाउन अपनाउनुस् यी १० टिप्स



व्यायाम र डाइटिङका साथै यदि केही कुरा ध्यानमा राखे निकै सजिलै तौल घटाउन सकिन्छ । फिटनेस विशेषज्ञ ओमारका अनुसार तौल घटाउन ३० प्रतिशत व्यायाम, ७० प्रतिशत डाइट र अन्य कुराको भूमिका हुने गर्दछ । यी अन्य कुरामा स्वस्थ जीवनशैली अपनाउने, मज्जाको निन्द्रा, जंक फूडबाट बच्ने, तनावबाट बच्नु, धुम्रपान र मद्यपानबाट बच्नेलगायतका कुरा पर्दछन् । ओमारले यस्तै १० टिप्टबारे जानकारी दिएका छन् जसलाई तौल घटाउने व्यायाम र डाइट प्लानसँगै अपनाएर निकै चाँडै तौल घटाउन सकिन्छ ।

१. स्वस्थ खानेकुरा खानुहोस्ः

फाइबर्स र प्रोटिन धेरै खानुहोस् । कार्बोहाइड्रेट र फ्याट कम गर्नुहोस् । सलाद धेरै खानुहोस् । जंक फूडबाट बच्नुहोस् ।

२. थोरै थोरै खानुहोस्ः

एकैपटक धेरै खाँदा मेटाबोलिजम स्लो हुन्छ । ३–४ घण्टामा थोरै खाँदा तौल घट्नमा सहयोग मिल्दछ ।

३. भरपूर निन्द्राः

राती अबेरसम्म जागा हुने र पूरा निन्द्रा नपाउँदा तौल बढ्ने गर्दछ । नियमित ६–८ घण्टा सुत्नुहोस् ।

४. पर्याप्त पानी पिउनुहोस्ः

दैनिक ६ देखि ८ गिलास पानी पिउँदा क्यालोरी इन्टेक कम हुन्छ । शरिरमा टक्सिन जम्मा हुँदैन । तौल कम हुनेछ ।

५. भर्याङको प्रयोग गर्नुहोस्ः

यसले शारिरिक व्यायाम हुनेछ । अतिरिक्त क्यालोरी बर्न हुन्छ । रक्तसंचार राम्रो हुन्छ र तौल घट्छ ।

६. घरको काम आफैं गर्नुहोस्ः

घरको सर–सफाई, बगैंचाको कामलगायतका सानातिना काम आफैं गर्दा शरिरको अतिरिक्त क्यालोरी बर्न हुन्छ ।

७. नशा छाड्नुहोस्ः

नशालु पदार्थ शरिरमा सजिलैसँग मेटाबोलाइज हुन पाउँदैन र बोसोको रुपमा जम्मा भएर मोटोपना बढाउँछ ।

८. चिया, कफी, कोल्ड ड्रिङ्क्स कम गर्नुहोस्ः

यसमा चिनी र लुकेको क्यालोरी हुन्छ जसका कारण तौल बढ्ने समस्या हुनसक्छ ।

९. नुनको प्रयोग कम गर्नुहोस्ः

यसले शरिरमा धेरै पानी जम्मा गराउँछ । तौल बढाउँछ । पोटासियमयुक्त खानेकुरा जस्तै पालुङ्गो, केरा खाँदा फाइदा हुन्छ ।

१०. मैदा, चिनीजस्ता खानेकुराबाट बच्नुहोस्ः

यसमा रिफाइन्ड कार्बोहाइड्रेट हुन्छ । यसले शरिरमा पानी जम्मा गराउँछ र तौल बढाउँछ ।