दशैं कपमा थ्री केजीको जित - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

दशैं कपमा थ्री केजीको जित



साउथ अस्ट्रेलिया |

एडीलेड खुकुरी फुटबल क्लबले आयोजना गरेको बूमर्याङ दशैं कपमा थ्री केजी टीमले अग्रता कायम गर्दै उपाधि हासिल गर्न सफल भएको छ। एडीलेड युथ क्लबलाई १-०  को अग्रतामा जित हासिल गर्न थ्री केजी सफल भएको छ । कुल ११ टिम समाबेश भएको दशैं कपमा थ्री केजी टिमले उपाधि सहित ट्रफी र नगद १२ सय अस्ट्रेलियन डलर पुरस्कार पाउन सफल भएको छ । क्लबमा अध्यक्ष कुमार पुष्प गुरुङले समापन कार्यक्रममा उक्त पुरस्कार थ्री केजी टिमका  क्याप्टेन खुम घलेलाई हस्तान्तरण गरेका थिए। त्यस्तै दोस्रो स्थान प्राप्त गर्न सफल एडीलेड युथ क्लबलाई नगद ६ सय डलर सहित रनर अपको ट्रफी उपाधि दशैं कपको मुख्य प्रायोजक बूमर्याङ एजुकेशनल सर्भिसका प्रबन्धक निर्देशक आशिष वाग्लेले हस्तान्तरण गरेका थिए। आयोजक टिम एडीलेड खुकुरी फुटबल ब्लू सेमी- फाईनलमा एडीलेड युथ क्लबसँग पराजित भएको थियो।

प्रतियोगिताका उत्कृष्ट खेलाडी थ्री केजीका मसुद भए भने उत्कृष्ट गोल किपर एडीयससी सेतो टिमका हेलाड़ी हुन सफल भए। त्यस्तै सर्बाधिक गोल गर्न सफल एडीलेड खुकुरी फुटबल ब्लूका रयेस महर्जन भएका थिए। उनले प्रतियोगितामा कुल ७ गोल गरेका थिए। उत्कृष्ट खेलाडीहरुलाई मेडल  संस्थाका सचिब राजन लामिछानेले हस्तान्तरण गरेका थिए।

कार्यक्रममा दशैं कप प्रतियोगितासंगै नेपाली र भुटानी समुदायका बालबालिकाहरुले आफ्नो खेल कौशल समेत प्रदर्शन गरेका थिए। हुर्कदै गरेको दोश्रो पुस्तालाई खेल प्रति रुचि बढाउने उद्देश्यले गरेको उक्त कार्यक्रममा सहभागीहरुलाई मेडल र ट्रफी प्रदान गरिएको थियो। साथै , दशैं कपमा रेफ्री भेटरेन टिमका विजयहरुलाई पनि क्लबका उपाध्यक्ष रमेश राज भण्डारी र क्लब म्यानेजर चिरु श्रेष्ठले ट्रफी र प्रमाण पत्र हस्तान्तरण गरेका थिए। पुरष्कार बितरण कार्यक्रममा बोल्दै मुख्य प्रयोजक बूमर्याबङ एजुकेशनल सर्भिसका प्रबन्धक निर्देशक आशिष वाग्ले क्लबले भव्यताका साथ दशैं कप सफल बनाएकोमा क्लबको म्यानेजमेन्ट कमिटिलाई धन्यबाद दिदै खेलकुदका फाईदा र यसले समाजमा पर्ने सकारात्मक प्रभाबको बारेमा समेत बताएका थिए । कार्यक्रम अवधि भरि राम्रो उपस्थिति रहेको उक्त कार्यक्रमको समापन गर्दै क्लबका अध्यक्ष कुमार पुष्प गुरुङले प्रायोजक, खेलाडीहरु , कमिटि ,स्वयंसेवकलाई धन्यबाद दिएका थिए।