देश र जनताको सुरक्षामा खटिएका सशस्त्र पुलिसहरुको दसैँ ( भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

देश र जनताको सुरक्षामा खटिएका सशस्त्र पुलिसहरुको दसैँ ( भिडियो सहित)



हिन्दुहरूको महान् चाड विजय दशमी घर देखि बाहिर भएका आफन्तहरु जमघट हुने रमाइलो गर्ने साथै नयाँ लगाउने मिठो खाने आफू आफू बिच माया र खुसी साटासाट गर्ने पर्वको रूपमा पनि चिनिन्छ । यही दसैँले कसैको घरमा खुसीको बहार ल्याइदिन्छ भने कतिको घरमा निराश थपिदिन्छ । प्रदेशी भूमिमा रगत र पसिना चुहाउनेहरु दसैँ तिहारमा घरमा आउन नपाउदको पिडा त झनै छदै छ। त्यति मात्रै कहाँ होर स्वदेशमै विभिन्न काम गरी बस्ने हरुको पिडा पनि आफ्नै ठाउँमा छ त्यस्तै कथा व्यथा बोकेको दसैँ तिहार गीत ” यो दसैँमा आऊ ” हालै मात्र सार्वजनिक भएको छ ।

चर्चित गायिका विष्णु माझि र गायक विष्णु खत्रीको स्वर तथा विष्णु खत्रीकै शब्द सङ्गीत रहेको गीत राजु गहोत्राको प्रस्तुतिमा बजारमा आएको छ ।
देश र जनताको सुरक्षामा खटिएका सशस्त्र पुलिसहरुको विषय बस्तुहरुलाई भिडियोमा प्रस्तुत गरिएको छ । विष्णु भट्टराईको निर्देशन रहेको भिडियोमा सगुन शर्माको शृंगार, रश्मि भट्ट , राजु महोत्रा , मीरा महोत्रा लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ । अविरल फिल्म्सले दृश्य निर्माण गरेको भिडियोलाई स्वाभिमान क्रियशनले बजार व्यवस्थापन गरेको छ ।