बडादशैंको टीकाको साइत हेर्नुहोस् - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

बडादशैंको टीकाको साइत हेर्नुहोस्



भदौ २२, काठमाडौं-

दशैं नजिकिए संगै पञ्चाङ्ग निर्णायक समितिले दशैंको टिकाको साइत पनि सार्वजनिक गरेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस बर्षको बडादशैंको टीकाको शुभ साइत बिहान ११ बजेर ५५ मिनेट जनाएको छ ।

बुधबार समितिले साइत सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।

असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि आरम्भ हुने र त्यस दिन बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको समितिका अध्यक्ष् प्राडा रामचन्द्र गैतमले बताए ।