दशनामीको अध्यक्षमा गिरी निर्वाचित - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

दशनामीको अध्यक्षमा गिरी निर्वाचित



ओम प्रकाश बानियाँ,दोहा,कतार: दशनामी सेवा समाज कतारले आफ्नो प्रथम साधारण सभा भव्यताको साथ सफल पारेको छ । अधौगिक क्षेत्र सनैया २७ रोटना रेस्टुरेन्टको सभा हलमा भएको उक्त कार्यक्रममा २५ सदस्य कार्य समिति चयन गरेको हो ।

कार्यक्रम सम्योजक थम गिरीको सभापतित्वमा सञ्चालन भएको सो कार्यक्रममा प्रमुख अतिथि नेपाल दशनामी समाजका निवर्तमान अध्यक्ष एवम् बर्तमन सल्लाहकार प्रमुख रवीन्द्र गिरी, विशेष अतिथिमा नेपाल दशनामी सेवा समाजका केन्द्रीय सदस्य युवा ईन्चाज खगेन्द्र गिरी, प्रवासी नेपाली मन्चका अध्यक्ष चानक पोख्रेल, समाजसेवी टीबी कार्की, सागर नेपाल, रामहरि घैरे, केभी हमाल, बिमल सुवेदी, छविलाल बुढाथोकी, नवोदित साहितिक वाचनलयका अध्यक्ष लेख कार्की, विभिन्न राजनीतिक दलका भातृ सङ्गठन, जातीय सस्थाहरुको प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सुश्री माया गिरी द्वारा सम्पूर्ण अतिथिलाई स्वागत मन्तव्य राख्दै कार्यक्रमलाई औपचारिकता दिएको थियो भने अजय गिरी द्वारा स्वागत गीत र कविता प्रस्तुत गरिएको थियो । कार्यक्रम माथि प्रकाश पार्दै रामजी गिरीले थप्नु भयो दशनामी सेवा समाज कुनै राजानिती र आयश्रोत गर्ने आएको होइन । यसले विशुद्ध रूपमा सामाजिक काम गर्ने छ । यो कसैको विरुद्ध नभई हामी आफ्नो पहिचान स्थापित गर्ने खोजेको बताउनु भयो ।

काङ्ग्रेस भातृ सङ्गठन जनसम्पर्क समिति, प्रवासी नेपाली मन्च, नयाँ शक्ति लगायत विभिन्न सङ्घ सस्थाका प्रतिनिधिले दशनामी सेवा समाजलाई सकारात्मक कामको लागि जस्तो सुकै सहयोग गर्ने पनि तयार रहेको वचन व्यक्त गर्नु भयो ।

अर्थिक सहयोग दातालाई सम्मान: समाजले यस कार्यक्रमको लागि आर्थिक सहयोग गर्ने पदम गिरी, माया गिरी, रमेश भारती, अरुण गिरी लगायतलाई प्रमाण पत्र प्रदान गरी सम्मान गरेको थियो ।

कलाकारलाई सम्मान: गायक राजन कट्वाल, दिपेश पुन, दाङ देउखुरी समाज लगायतलाई समेत प्रमाण पत्र प्रदान गरी सम्मान गरेको थियो ।

विशेष अतिथि खगेन्द्र गिरीले कतारमा कार्यरत बन्धुहरुले उल्लेखनीय काम गरेको भन्दै आयोजकको प्रसङ्गशा गर्नु भयो । त्यस्तै प्रमुख अतिथि केन्द्रीय सल्लाहकार प्रमुख रवीन्द्र गिरीले संस्था जन्माउन जति सजिलो छ त्यसलाई हुर्काउन, बढाउन त्यति नै गार्‍हो हुने हुनाले सबैले लागि परेर सफल बनाउन आग्रह गर्नु भयो । दोहाका अन्य सङ्घ सस्थाले समेत दशनामी समाजलाई सहयोग गर्ने अपिल समेत गर्नु भयो । राज्यले पटक पटक आफुहरुलाई दु:ख दिँदै आफ्नो पहिचान खोसेको र धेरै आन्दोलन गरेको स्मरण गर्दै हललाई भावुक बनाउनु भएको थियो । अन्तिममा कार्यक्रमका सभापतिले यो संस्था जातीय दगा फैलाउन नभई आफ्नो जातिको उत्थान र नेपाल र नेपालीको लागि सहयोग गर्ने स्थापना भएको बताए सँगै कार्यक्रमको खुल्ला सत्र समाप्त भएको घोषणा गर्नुभएको थियो ।
उक्त खुल्ला सत्र कार्यक्रम पदम गिरी द्वारा सञ्चालन गरिएको थियो ।

बन्द सत्र: NRNA आईसीसी सदस्य विमल सुबेदीको समयोकत्वमा ५ अध्यक्ष मन्डलको घोषणा गरिएको थियो । जसले अध्यक्ष: थम गिरी, वरिष्ठ उपाध्यक्ष: पदम गिरी, म. उपाध्यक्ष: माया गिरी, उपाध्यक्ष रमेश भारती, महासचिव: अजय गिरी, सचीवालय सदस्य: प्रकाश गिरी, जनसम्पर्क सचिव: ढिला गिरी, कोषध्यक्ष: भिमलाल पुरी सदस्यहरू: विष्णु गिरी, रविना गिरी, पुर्णिाका गिरी, योग्यराज पुरी, कृष्ण गिरी, ज्ञान राज गिरी, नारायण भारती, भेषराज गिरी, बालकृष्ण पुरी, प्रमुख संरक्षक रामजी गिरी र प्रमुख सल्लाहकारमा वसन्त गिरीलाई निर्विरोध चयन गरेको थियो ।

दशनामीहरुमा: गिरी, पुरी, वन, भारती, पर्वत, सागर, सरस्वती, आरणय, तिर्थ र आश्रम थर पर्छन् ।