'गिलास ठोक्काउने' गितबाट केही विवादित बनेका पाण्डेको 'दशै आयो' सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

‘गिलास ठोक्काउने’ गितबाट केही विवादित बनेका पाण्डेको ‘दशै आयो’ सार्वजनिक (भिडियो सहित)



काठमाडौं । नेपालीहरुको महान चाड दशै तिहार नजिकिएसगैं संचारकर्मी तथा सर्जक समिर प्रकाश पाण्डेको “दशै आयो” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । नारीहरुको महान चाड तिजको अवसरमा ‘गिलास ठोक्काउने’ बोलको गितले यसअघि केहि विवादित बनेका सर्जक पाण्डेले आइतबार ‘दशै आयो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

आफुलाइ माया गर्ने मान्छेलाई चाहेर पनि छोडेर परदेशी भूमिमा जानुपर्ने बेदनालाई समेटेर तयार पारिएको गीतमा तिलक बस्नेत र कविता खत्रीको मीठो स्वरले सुनमा सुगन्ध थपेको छ । गायक बस्नेतकै संगित रहेको गितमा रमेश सेन्चुरीले एरेन्ज भरेका छन् ।

निर्देशक सिर्जन बरालको निर्देशनमा तयार भएको उक्त म्युजिक भिडियोमा मोडल जिवि गुरुङ ,चिरञ्जीवी सापकोटा ,गिता ढुंगाना ,रुविसा श्रेष्ठको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोको सम्पादन अमृत चापागाईंले गरेका हुन भने छायांकन राजेश घिमिरेले गरेका छन् । उक्त म्युजिक भिडियो आहा टिभी युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । भिडियो हेर्नुहोस :