ड्याट्सन गाडीको गजबको अफर- 'गाडी अहिले किन, पैसा अर्को वर्ष बुझाउ' - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

ड्याट्सन गाडीको गजबको अफर- ‘गाडी अहिले किन, पैसा अर्को वर्ष बुझाउ’



काठमाडौं- ड्याट्सन गाडीको विक्रेता कम्पनीले गजबको अफर ल्याएको छ । जसमा अहिले गाडी किनेर अर्को वर्ष पैसा तिर्ने सुविधा दिइएको छ । ड्याट्सन तथा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि.ले ल्याएको त्यो अफर को नाम ‘बाइ नाउ पे इन २०२१’ राखेको छ ।

कोरोना महामारीको कारण नेपाली अर्थव्यवस्था निया शरासायी भएको यो समयमा नेपाली उपभोक्ताको समस्या तथा अवस्थालाई मध्यनजर गर्दै अझ सहज सुविधा सहित यस्ताे योजना प्रस्तुत गरेको कम्पनीले जनाएकाे छ।

कम्पनीले जनाए अनुसार यो योजना अन्तर्गत ग्राहकले गाडी किनिसके पछि ६ महिनाको समयसम्म कुनै पनि रकम र व्याज तिर्नुपर्ने छैन। उक्त अवधिको सम्पूर्ण दायित्व कम्पनिले बेहोर्ने छ। साथमा आकर्षक नगद छुट उपलब्ध रहनेछ।

गाडीको खरिदमा गाडीका विभिन्न एक्सोसरिजहरु पाउनुको साथै १ वर्षको निःशुल्क इन्स्युरेन्स, ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ्गको सुबिधा, १ वर्षसम्मको सडक कर यो योजना अन्तर्गत उपलब्ध रहनेछ।

यो अफर स्टकको उपलब्धता सम्म रहनेछ। साथै शर्तहरु लागू हुने जनाइएकाे छ। डाट्सन रेडी गो ०.८ एल र १.० एल तथा डाट्सन गो शक्तिशाली १.२ एल इन्जिनका साथ बजारमा उपलब्ध छन्।