दाउन्नेमा बस पल्टिएर एक्कासी आगलागी - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

दाउन्नेमा बस पल्टिएर एक्कासी आगलागी



नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा २१ जना यात्रु घाइते भएका छन् ।

कञ्चनपुरबाट काठमाडौं आउँदै गरेको ना ५ ख ५१०० नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिएपछि आगलागी भएको थियो ।

आगलागीमा परेका मध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

घाइतेलाई भरतपुर अस्पताल चितवन पठाइएको छ ।