टुक्राटुक्रा पारेर फालेका २९ वटा शव भेटिए - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

टुक्राटुक्रा पारेर फालेका २९ वटा शव भेटिए



एजेन्सी – मेक्सिकोको पश्चिमी राज्य हालिस्कोस्थित जापोपान शहरमा एक गोप्य चिहानमा २९ शवका अवशेष फेला परेको हो ।

ती शवलाई एक सयवटा प्लाष्टिकका झोलाभित्र राखिएको अवस्थामा यही महिनाको पहिलो साता फेला परेको अधिकारीहरुले जनाएका छन् ।

तीमध्ये १३ शवको पूर्ण अवशेष तथा बाँकी १६ शवको अवशेष अपूर्ण रहेको जनाइएको छ । फेला परेका शवमध्ये दुई जना महिलाको रहेको तथा कम्तीमा ४ जना यसअघि आपराधिक गतिविधिमा संलग्न रहेकाको भएको हालिस्को राज्यका न्यायाधिवक्ताले जनाएका छन् । यद्यपि, उनीहरु कुन प्रकृतिको अपराधमा संलग्न थिए भन्नेबारे केही खुलाइएको छैन ।

मेक्सिकोको हालिस्को राज्यमा विभिन्न लागूऔषध समूहबीच हिंसा मच्चिँदै आएको छ । त्यस क्षेत्रमा विश्वकै सबैभन्दा कुख्यात मानिने हालिस्को न्यू जेनेरेशन नामक समूहसमेत सक्रिय छ ।

फाइल तस्बिर