डेब्यु खेलमै आदिलले बनाए सर्वाधिक रन « Himal Post | Online News Revolution
Logo

डेब्यु खेलमै आदिलले बनाए सर्वाधिक रन



काठमाडौं । जिम्बावेविरुद्धको पहिलो टि–२० खेलमा नेपालका लागि डेब्यु गरेका आदिल आलमले सर्वाधिक ४७ रन बनाएका छन् ।

अविजित रहँदै उनले २७ बलमा ४७ रन बनाएका हुन् ।यस्तै, कुशल भुर्तेलले ४६, रोहित पौडेलले ३६, दीपेन्द्रसिंह ऐरीले २८, आसिफ शेखले ९, करण केसीले ४ रन आरिफ शेखले २ रन जोडे ।

यसैबीच, नेपालले जिम्बावे ‘ए’लाई १८२ रनको लक्ष्य दिएको छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले निर्धारित पाँच विकेट गुमाएर १८१ रन बनाएको छ । केहीबेरपछि नेपालले फिल्डिङ गर्दैछ । नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको हो ।

नेपालको सुरुवाती ११ :

कुशल भुर्तेल, आशिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, बसिर अहमद, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र अविनाश बोहरा ।