डेब्यू खेलमै विक्रमले लिए अर्को विकेट - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

डेब्यू खेलमै विक्रमले लिए अर्को विकेट



काठमाडौ- पपुवा न्युगिनी (पिएनजी) विरुद्ध नेपालले दोस्रो विकेट लिएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालबाट डेब्यू गरिरहेका तीव्र गतिका बलर विक्रम सोबले लगातार दुई विकेट लिएका छन् । नेपालको लागि सुरुवाती दुवै विकेट डेब्यू खेलाडी विक्रमले लिएका हुन् ।

विक्रमले दोस्रो विकेट चौथो ओभरको अन्तिम बलमा लिए । दोस्रो विकेट लिने क्रममा विक्रमले पिएजनीका कप्तान असाद भालालाई आरिफ शेखको हातबाट क्याच आउट गराए ।

यसअघि पहिलो बलमै विक्रमले पिएनजीका ओपर ब्याटस्म्यान टोनी उरालाई आउट गराए । नेपालले टस हारेर फिल्डिङ गरिरहेको छ । चोथो ओभर समाप्त हुँदा पिएनजीले २ विकेट गुमाएर ९ रन जोडेको छ ।

पिएनजीविरुद्ध ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलसँगै तीव्र गतिका बलर विक्रम सोबले सिनियर टोलीका लागि डेब्यू गरेका छन् । नेपाली टोलीमा दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, करण केसीलाई आराम दिएको छ ।

दुई खेलको शृंखलामा दोस्रो खेल शुक्रबार हुनेछ ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले पीएनजीसँग खेलेको हो । नेपालले त्रिदेशीय शृंखला २८ भदौमा अमेरिका, २९ भदौमा ओमान, १ असोजमा अमेरिका र २ असोजमा ओमानसँग खेल्नेछ ।

नेपालको टोली :

ज्ञानेन्द्र मल्ल(कप्तान) कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), आरिफ शेख, शरद भेषावकर, रोहित कुमार पौडेल, कुशल मल्ल, सोमपाल कामी, पवन सरार्फ, विक्रम सोब र सन्दीप लामिछाने ।