यस्ता सजावटका सामाग्री भुलेर पनि घरमा नराखौँ, जसले सत्यानास बनाउन सक्छन् - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

यस्ता सजावटका सामाग्री भुलेर पनि घरमा नराखौँ, जसले सत्यानास बनाउन सक्छन्



हामीले घरमा विभिन्नखालका बस्तुहरू राखेका हुन्छौँ । कुनै बस्तु सजावटका लागि त केही बस्तु सौखका कारण । तर घरमा राखेका कतिपय बस्तुले उल्टै नकारात्मक असर गरिरहेका हुन्छन् । घरमा राखिएकै कतिपय सजावटका सामाग्रीहरूले नकारात्मक उर्जा उत्पादन गरी सत्यानास समेत गर्न सक्छन ।

घरलाई सुन्दर बनाउनका लागि भनेर ल्याइएका कतिपय आकर्षक बस्तुहरू घरमा राख्दा त्यसले कस्तो असर गर्छा भनेर पनि जान्नु पर्छ । केही चीजहरू घरमा राख्दा एकदमै नराम्रो असर पुग्छ । धेरैले सोखले राख्ने यस्ता बस्तुहरू बिर्सेर पनि घरमा नराख्नुहोला । ती यसप्रकार छन्

१ नटराजको मूर्ति
नटराज नृत्यकलाका देवता हुन् । धेरैजसो क्लासिकल डान्सरहरूको घरमा नटराजको मूर्ति राखिएको हुन्छ । तर नटराजको मूर्तिमा भगवान् शिव ताण्डव नृत्यको मुद्रामा देखिनुहुन्छ र यो विनाशको सूचक हो । त्यसैले यसलाई घरमा राख्नु अशुभ हुन्छ ।

२ ताजमहल
ताजमहल सुन्दर कलाकारिताको नमुना हो र यो प्रेमको पनि प्रतीक हो । यसको तस्वीर वा सानो प्रतिमालाई धेरैजनाले घरमा राख्ने गरेका छन् । तर ताजमहल मुमताजको चिहान पनि हो । यस्तो मृत्युको प्रतीकलाई घरमा राख्दा नकारात्मक ऊर्जा फैलिन्छ ।

३ डुब्दै गरेको जहाज
डुब्दै गरेको जहाजको चित्र घरमा राख्नुभयो भने तपाईंको सौभाग्य हराउँछ । यस्तो चित्र वा शोपीसले तपाईंका नातेदारसँगको सम्बन्ध बिगार्छ ।

४ जंगली जनावरको प्रतीक
आजकल जनावरहरूको कुनै सुन्दर शोपीस, खेलौना र गुडिया बजारमा पाइन्छन् । हेर्दाखेरी आकर्षक लाग्ने यस्ता शोपीसले तपाईंलाई हानि गर्छन् । यस्ता चीज घरमा राख्दा घरका सदस्यको स्वभाव उग्र हुन पुग्छ । अनि घरमा क्लेश र हिंसा बढ्छ ।

५ महाभारत ग्रन्थ वा तस्वीर
महाभारत हिन्दू धर्मको सबभन्दा महत्वपूर्ण ग्रन्थ हो । यो पूजनीय छ । तर यसलाई घरमा राख्नु अशुभ हुन्छ किनकि यसमा पारिवारिक झगडा र क्लेशको कथा भनिएको छ । यसलाई घरमा राख्दा झैझगडा र तनाव हुन सक्छ ।

६ शंखका साथ रथ
घरको पूजाकोठामा शंख राख्नु शुभ मानिन्छ । शंखको ध्वनिले घरमा सकारात्मक ऊर्जा ल्याउँछ । तर रथका साथ शंख राख्नुभयो भने अशुभ हुन्छ । रथको उपयोग पुरानो जमानामा युद्धहरूमा गरिन्थ्यो र शंखले युद्धको घोषणा गर्थ्यो । त्यसैले रथको शोपीसका साथ शंख नराख्नुहोला ।