आस्था राउतलाई दिपकराज गिरीको मार्मिक चिट्ठी - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

आस्था राउतलाई दिपकराज गिरीको मार्मिक चिट्ठी



काठमाडौं- चर्चा विवादले चुलिएको पछिल्लो विषय हो गायिका आस्था राउत ।

विमानस्थलमा महिला प्रहरी माथि आफुलाई दुर्व्यावाहर भएको भन्दै आक्रोशित हुदै सामाजिक संजालमा लाईभ आएकी आस्थालाई अहिले लाइभ भिडियोले नै थप विवादमा तान्दैछ।

सिसिटिभी फुटेज बाहिरिएसंगै आस्थाको शैली माथि नै प्रश्नचिन्ह उठीरहेको छ। उनि लाईभ आएर आफ्ना अभिव्यक्ति दिईरहेकी छिन् भने प्रहरी उनि विरुद्ध कारवाही गर्ने तयारीमा रहेको छ।

सामाजिक संजालमा अनेकन टिप्पणी आईरहदा कलाकार दिपकराज गिरिले एक स्टाटस लेखेका छन् ।

प्रिय आस्था बहिनी…

यो बिषयमा लेख्न मन थिएन तर तिम्ले निरन्तर गालि खाएको देखेर किन किन लेख्न मन लाग्यो
म पनि बिगतमा यस्ता धेरै घटनाहरू बाट गुज्रेको छू यस्तै प्रकारका घटनाहरू बाट पाठ पनि सिकेको छू ।

…..समस्या कॉहाबाट आयो भने …

तिम्ले भिडको सामना गर्दै प्रहरीलाइ चेक गराउदै अधि बढ्नु पर्यो .. भिड र संबेदनशील क्षेत्र मा काम गर्ने प्रहरी जवानहरूलाइ छुट्टै प्रेसर हुन्छ .. उनिहरूलाई छुट्टै दवाव हुन्छ ..

उनिहरू १० घन्टे लामो ड्यूटीमा हुन्छन्, सानो गल्ति भए ज़ागिरै संकटमा पर्छ … त्यस्तो बेला उनिहरू वाट अलि रूखो ब्यबहार निस्किन्छ पनि त्यॉहा पनि निस्कियो होला । तर, हामी कलाकार वा सेलेब्रिटीज़ को गल्ति नै नभए पनि समाचार बाहिर आएपछि गल्ति हाम्रै देखिने रहेछ…

सेलेब्रिटीज़ भनेको सेतो कपडा रहेछ .. अरू रंगमा दाग नदेखिए पनि सेतो मा सानो दाग पनि देखिहालिन्छ ..

अत सहनुपर्ने हामीले नै रहेछ …. बिदेशमा प्राय: यस्तो घटना हूदैन किनकि त्यहाँ नेता मात्रै भिआइपी हूदैनन् धेरै कर तिर्ने ब्यापारिहरू, नाम चलेका खिलाड़ी, कलाकारहरूलाई पनि भिआइपी मानिन्छ ।

र सुबिधाजनक ढंगले चेक जाँच हुन्छ र भिडको सामना गर्नु पर्दैन र यस्तो दुर्घटनाको सम्भावना कम हुन्छ । तर, यो देशमा नेता मात्रै भिआइपी हो ..

यो संबेदनशीलता लाई हामीले बुझ्नुपर्छ किनकि हामी भिडबाट नै गुज्रिनुपर्छ त्यस्तो अबस्थामा हामी सतर्क हुनै पर्छ ।

मापसे काण्डमा म पनि परे गल्ति मेरै थियो तर जब म प्रहरीको पन्जामा परें म माथि भएको दूर्ब्यबहार डरलाग्दो नै थियो तर मेरो कुरालाई कसैले गम्भीरतापूर्वक नै लिएनन् …

यसबारे हामीले नै होसियार हुनुपर्ने रहेछ …हामीलाई अन्याय नै भयो भने पनि ।

“कलाकार हो फूर्ती देखायो होला फस्यो नि “भनिदो रहेछ त्यसैले सकेसम्म यस्तो झमेलामा नपर्नु र परिहाले पनि माफ़ पाउँ भनेर छुट्नु नै सबैभन्दा उत्तम रहेछ …

तिमीलाई पनि त्यस्तै केहि रूखो ब्यबहार प्रयोग भयो होला … तर गल्ति तिम्रो फ़ेसबुक लाइभले गर्यो त्यसमा प्रयोग भएका शब्दले समस्या उत्पन्न गरायो ।

तिमीलाई केहि नभइ त्यस्तो भनिनौ होला … तर बाहिर बाट हेर्दा तिमि नै अमर्यादित देखियो अत: यो घटनालाई तिमीले हामीले सबैले एउटा पाठको रूपमा लिनु पर्छ …

जे हुन्छ राम्रैको लागि हुन्छ ।

आज कतिपय स्ट्याटसहरू ‘कलाकार यस्तै घमण्डी हुन्छन्” भनेर आउछ दुख लाग्छ … त्यसैले सत्य जे होस् त्यो प्रहरी जवान बहिनीसंग म माफ़ी माग्छु तिमीपनि माग ….

सेलिब्रिटी कल्चर हाम्रो देशमा छैन, हामी सामान्य नागरिक नै हौ यो बास्तबिकता लाइ बुझौ ……!!!