दीपक श्रेष्ठको कमब्याक: एलिजालाई लिएर नयाँ फिल्म बनाउने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

दीपक श्रेष्ठको कमब्याक: एलिजालाई लिएर नयाँ फिल्म बनाउने



काठमाडौं । पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त अभिनेत्री एलिजा गौतम निर्देशक दीपक श्रेष्ठले फिल्मका लागि अनुबन्धित भएकी छन् । नाम सार्वजनिक नगरिएको फिल्मका लागि निर्देशक श्रेष्ठले एलिजा गौतमलाई अनुबन्धन गरेका हुन् ।

दुई वर्ष अघि ‘अनुराग’ निर्माण अभिनय गरेकी एलिजाको यो दोस्रो फिल्म हो । अनुरागबाट असफलता हात पारेकी एलिजा अवको फिल्मबाट भने सफल हुने दाउमा छिन् ।
फिल्म सम्झौता पछि उनले दीपकको साथ तस्बिर शेयर गर्दै लेखेकी छन्, ‘नयाँ वर्षमा नवीन कामको थालनी ।’ उनले दिग्गज निर्देशक दीपक श्रेष्ठसँग काम गर्न लागेको बताउँदै माया, हौसला र प्रेरणा समेत आवश्यक रहेको बताएकी छन् ।

निर्देशक श्रेष्ठ केही लामो समय पछि निर्देशनमा फर्किन लागेका हुन् । उनले फिल्मका लागि अभिनेताको रुपमा बिपिन कार्कीसँग कुराकानी गरिरहेको उनले सार्वजनिक गरेको तस्बिरबाट अनुमान लगाउन सकिन्छ ।
‘हिम्मत’, ‘पापी मान्छे २’, ‘पर्खी बसेँ’, ‘दुःख’लगायत करिव २५ फिल्म निर्देशन गरेका श्रेष्ठ पछिल्लो समय भने फिल्मबाट टाढा रहँदै आएका थिए ।