दीपक डोटेल : मोडलिङमा एक चम्किलो नाम - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

दीपक डोटेल : मोडलिङमा एक चम्किलो नाम



हिमाल पोस्ट /असार १४ 

काभ्रे जिल्ला देउपुर गाविस घरभई हाल काठमाडौमा कलाकारिता गर्दै आएका दीपक डोटेल मोडलिङ क्षेत्रको एक अनुहार । सुन्दर शरीर खाइलाग्दो ज्यान , मिठो बोली र दयालु नेचरका डोटेल कलाकारिता क्षत्रमा मरिमेटेर लागि परिरहेका एक नयाँ पुस्ता हुन् ।

मोडलिंगमा मात्र नभई उनी गीत लेख्न पनि त्यतिकै माहिर छन् । उमेर यस्तै हो कि बोलको गीत को शब्द डोटेलले लेखेका हुन् भने अर्का गायक रुपक डोटेलले भने आवाज दिएका छन् र दीप एल्बम मार्फत बजारमा आइसकेको छ ।

दयालु मनका डोटेलले मुटु रोगी र काधँको हड्डी फ्याक्चर भई उपचार गराइ रहेका दुई बिरामीलाई र ग्यास र पेट्रोल पनि सहयोग गरे । हाल राजधानीमा कलाकारिता गर्दै आएका कलाकार दीपक डोटेलले आर्थिक रूपमा विपन्न बिरामी लाई सहयोग गरेका हुन् ।

डोटेलले काधँको हड्डी फ्याक्चर भई मध्यपुर अस्पतालमा उपचारत काभ्रेकी ५५ वर्षीय जुगु माया श्रेष्ठ लाई र पेट्रोल र गंगालाल हृदय रोग केन्द्रमा मुटु रोगको उपचाररत सिन्धुलीकी ३७ वर्षीय ईश्वरी माझी लाई सहयोग स्वरूप ग्यास उपलब्ध गराएको बताए ।

अघोषित नाकाबन्दीका कारण आम सर्व साधारणको दैनिकी सास्ती बेहुर्नु परेको बेला आर्थिक रूपमा विपन्न रहेको दुई बिरामीलाई उनले सहयोग गरेका हुन् ।स्टार एकेडेमी नयाँ बानेश्वरबाट तीन वर्ष डान्स, एक्टिङ्ग र फाइटमा प्रशिक्षण लिएका उनी पछिल्लो समय मोडलिङमा व्यस्त छन् ।

डोटेलले २ दर्जन भन्दा धेरै म्युजिक भिडियो र आधा दर्जन व्यावसायिक विज्ञापनमा अभिनय गरिसकेका छन् । दीपक भट्टराई र विष्णु माझीको स्वरमा रहेको ‘झ्याप्पै ज्यान फाल्नलाई’ बोलको गीत, एल्बम ‘मनको भावना’ घमेश दुलाल र सत्यकला राईको गीतको म्युजिक भिडियोमा, गोकुल राउत र पार्वती कार्कीको ‘मारउली बुुर्कुसी’, हरि आर.डी. को ‘जवाफ दे ईश्वर’ राष्ट्रिय भावनाका गीत लगायत थुप्रै गीतहरूमा आफ्नो कुशल अभिनय गरिसकेका छन् उनले । त्यस्तै डोटेलले महिलाहरूले प्रयोग गर्ने अस्थाई साधन कपर्टीको विज्ञापनमा समेत अभिनय गर्न भ्याएका छन् ।

राजेशपायल राईको ‘बुझ्दै बुझेनौ कहिल्यै पनि मेरो मनको कुरै बुझेनौ…’ बोलको गीतको म्युजिक भिडियोमा पनि अभिनय गरेका छन् । पछिल्लो समयमा एनसेलको विज्ञापनहरूमा पनि डोटेलले सुटिङ्ग गरिसकेको बताएका छन् ।