किन गाँजा खान्छन दीपकराज गिरी ? - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

किन गाँजा खान्छन दीपकराज गिरी ?



काठमाडौं । कलाकार दीपकराज गिरीले हालै एक अन्तवार्तामा आफूले गाँजा खाने गरेको खुलासा गरेका छन् । उनले गाँजा खाएरै फिल्मको काम थाल्ने बताएका छन् ।

उनी फिल्मको सुटिङ प्याकअफ भएपछि एक स्टिक गाँजा खाने गर्दछन् । गाँजाले आफूलाई सिर्जनशील बनाउने गरेको उनको तर्क रहेको छ । जे होस्, उनले फिल्म बनाउँदा सिर्जनशील हुन गाँजा खाँदा रहेछन् ।

दीपक गाँजालाई नेपालमा पनि कानुनी मान्यता दिनुपर्ने बताउँछन् । दीपकजीले आफू गाँजा खाए पनि यसैको पैरवी नगरिदिए हुन्थ्यो भन्ने अपेक्षा गर्नेहरुलाई दीपकको बानी थाहा छैन होला, उनी जे गर्छन् सबका सामु गर्छन् ।

कुरा चपाउँदैनन्, लुकाउँदैनन् । अब त्यसबापत उनलाई तपाई गँजडी भन्नुहोस या नभन्नुहोस, तपाईको कुरा हो ।

                                                                                                                      आजको शुक्रबारबाट