दीपाश्रीको घमण्ड - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

दीपाश्रीको घमण्ड



काठमाडौं- पछिल्लो समय नेपाली सिने क्षेत्रका कलाकारहरू एकपछि अर्को गर्दै विवादमा तानिएका छन् । कसैले प्रश्नको उत्तर दिन नजानेर त कोहि बढी बोलेर विवादमा तानिने गरेका छन् । यस्तै बोल्न नजानेर विवादको शिकार भएकी एल कलाकार हुन् दीपाश्री निरौला ।

निर्देशक दीपाश्री निरौलाले एक अन्तर्वार्तामा अर्को कलाकारको बारेमा गरेको टिप्पणीले उनको कद मात्र घटाएको छैन उनका फ्यान पनि घटेका छन् । महानायक राजेश हमालको बारेमा विवादास्पद प्रतिक्रिया दिएपछि उनको सामाजिक संजालमा चर्को आलोचना भएको छ ।

लामो समय सन्तुलित तथा भद्र देखिएकी निरौला एउटा अन्तर्वार्तामा एकाएक चिप्लिएपछि टुप्पाबाट पलाएको देखि अग्रजहरूलाई हेपेकोसम्मका टिप्पणीको शिकार बनेकी छन् ।

अहिले सामाजिक संजालमा उनक ट्रोलहरू बनेका छन्, उने दिएको विवादास्पद टिप्पणी भिराल बनेको छ भने कतिपयले उनको चर्को आलोचना गरिरहेका छन् । कतिपयले उनलाई दुई चार वटा श्रीमान श्रीमतीका चीप भिडियो बनाएर आफूलाई वरिष्ठ ठानेको आरोप लगाएका छन् ।

दीपाश्रीले राजेश हमालको महानायक ट्यागबारे पनि प्रश्न गरेकी छन् । उनले राजेश हमाल अझै ज्युँदै हुनुन्छ भनेर गरिएको सवालमा हुनुहुन्छ र ? भनेर प्रतिप्रश्न गरेकी छन् । त्यतिमात्र होइन हमालले घरमा टिकटक बनाएर बसेको, एक्सर्साइज गरेको सामाग्री सामाजिक संजालमा राखेकोमा पनि आक्रोश पोखेकी छन् ।

निरौलाले अमिताभ बच्चनसँग तुलना गर्दै अहिले कुनै फिल्म नखेलेकोले महानायक नसुहाउने टिप्पणी समेत गरेकी छन् । निरौलाले राजेश हमालको योगदानको अबमुल्यन गर्दै उनि कुनै जमानाको नायक भएको समेत टिप्पणी गरेकी छन् ।

त्यतिमात्र होइन निरौलाले यस बिषयमा झन् ठुलो दम्भ राखेर स्टाटस समेत राखेकी छन् । स्टाटसमा माफी मागेजस्तो गरी हमाललाई नै दोषी देखाएकी छन् ।