देजमो रुपन्देहीको जिल्ला भेला सम्पन्न - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

देजमो रुपन्देहीको जिल्ला भेला सम्पन्न



बुटवल : देशभक्त जनगणतान्त्रिक मोर्चा–नेपाल,जिल्ला समिति,रुपन्देहीले आज बुटवलमा जिल्ला भेला सम्पन्न गरेको छ ।

भेलाले मोर्चाका नेता लक्ष्मीकान्त पौडेलको संयोजकत्वमा ५ सय १ सदस्यीय जिल्ला स्तरीय निर्वाचन परिचालन समिति गठन गरिएको छ । त्यस्तैं क्रान्तिकारी पत्रकार महासंघ,रुपन्देहीका अध्यक्ष टेकबहादुर मास्कीरानाको संयोजकत्वमा ११ सदस्ीय प्रचार–प्रसार डेक्स गठन गरिएको छ ।

यस्तैं भेलाले मोर्चाका केन्द्रीय सदस्य भुलबहादुर सुनारीको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार व्यवस्थापन समिति गठन गरिरएको छ भने मोर्चाका अर्का नेता एकदेव पौडेलको संयोजकत्वमा ९ सदस्यीय आर्थिक समिति गठन गरिएको मोर्चाले जनाएको छ ।

यसैबीच नेकपा क्रान्तिकारी माओवादी जिल्ला समिति,रुपन्देहीले आज बुटवलमा अक्टोबर समाजवादी क्रान्ति शतवार्षिकी मनाएको छ । कार्यक्रमलाई सम्बोधन गदैं पार्टीका केन्द्रीय सदस्य प्रेम सुवेदीले अक्टोबर क्रान्तिको सान्दर्भिकता अहिले पनि उत्तिकैं रहेको चर्चा गदैं क्रान्तिको तयारीमा पार्टी जुटेको बताए । कार्यक्रममा पार्टी नेताहरु विनोद मरासनी, खुमानन्द भुसाल,दिपा सिटौला,मुजीव अली,के।जी।कुमार पौडेल लगायतले बोलेका थिए । कार्यक्रम पार्टी,रुपन्देहीका संयोजक भुलबहादुर सुनारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।