दिल्ली क्यापिटल्सको धमाकेदार इन्ट्री - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

दिल्ली क्यापिटल्सको धमाकेदार इन्ट्री



एजेन्सी- ओपनर पृथ्वी शा र शिखर धवनको उत्कृष्ट प्रदर्शनमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा धमाकेदार सुरुआत गरेको छ । शनिवार चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गर्दै दिल्लीले सानदार विजय हासिल गरेको छ ।

जितको लागि १ सय ८९ रनको विजयी लक्ष्य विजयी पछ्याएको दिल्लीले १८.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । दिल्लीका ओपनर शिखर धवनले ५४ बलमा १० चौका र २ छक्का सहित सर्वाधिक ८५ रनको योगदान दिए । पृथ्वी शाले ३८ बलमा ९ चौका र ३ छक्का सहित ७२ रनमा आउट भए । ऋषभ पन्त १४ रनमा अविजित रहे । मार्कस स्टोइनिस १४ रनमा आउट भए ।

पहिलो विकेटका धवन र पृथ्वी शाले १३.३ ओभरमा १ सय ३८ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै दिल्लीलाई सहज जित नजिक पुर्याएका थिए । ड्वेन ब्राभोले मोईन अलीबाट क्याच गराउँदै साझेदारी तोडेका थिए । चेन्नईका शार्दूल ठाकुरले सर्वाधिक २ विकेट लिए । ड्वेन ब्रोभो १ विकेट लिए ।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८८ रन । आठौं नम्बरमा ब्याटिङ गरेका साम करनले १५ बलमा ४ चौका र २ छक्का सहित ३४ रन जोड्दै उत्कृष्ट अन्त्य गरे । रविन्द्र जडेजा १७ बलमा ३ चौका सहित २६ रनमा अविजित रहे । सातौं विकेटका लागि साम करन र जडेजाले २८ बलमा ५१ रनको साझेदारी गरेका थिए ।

चेन्नईका सुरेश रैनाले ३६ बलमा ३ चौका र ४ छक्का सहित सर्वाधिक ५६ रनको योगदान दिए । रैनाले ३२ बलमा अर्धशतक पूरा गर्दै आइपिएलमा पूनरागमन गरेका थिए । गत सिजन रैनाले ब्यक्तिगत कारण खेलेका थिएनन् । दोस्रो ओभरको चौथो बलमा ओपनर फाफ डु प्लेसिसलाई आवेश खानले शून्यमा एलबिडब्लू आउट गरेका थिए । तेस्रो ओभरको पहिलो बलमा क्रिस वोक्सले अर्का ओपनर ऋतुराज गायकवाडलाई ५ रनमा शिखर धवनबाट क्याच आउट गराए ।

दुबै ओपनर सस्तैमा आउट भएपनि तेस्रो विकेटका लागि सुरेश रैना र मोइन अलीले ५३ रनको महत्वपूर्ण साझेदारी इनिङ उकासेका थिए । आक्रामक ब्याटिङ गरेका अली २४ बलमा ४ चौका र २ छक्का सहित ३६ रनमा धवनबाट क्याच आउट हुन पुगे । चौथो विकेटका लागि रैनाले अम्बाती रायुडूसँग मिलेर ३३ बलमा ६३ रनको साझेदारी गरेका थिए । १४ औं ओभरको पाँचौं बलमा टम करनले रायुडूलाई २३ रनमा धवनबाट क्याच आउट गराए । रायुडूले १६ बलमा १ चौका र २ छक्का प्रहार गरे ।

रैन १६ औं ओभरको पहिलो बलमा रन आउट हुन पुगे । रनै आउट भएको एक बलपछि आवेश खानले महेन्द्रसिंह धोनीलाई शून्यमा बोल्ड आउट गरे ।आवेश खानले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । क्रिस वोक्सले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । रविचन्द्रन आश्विन र टम करनले १-१ विकेट लिए ।