दिल्लीमा भीषण आगलागीः ३५ को मृत्यु, ५० बढीको उद्धार - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

दिल्लीमा भीषण आगलागीः ३५ को मृत्यु, ५० बढीको उद्धार



एजेन्सी- दिल्ली दमकल विभागका मुख्य अधिकारी अतुल गर्गले अहिलेसम्म ५० बढी व्यक्तिलाई बाहिर निकालिएको जानकारी दिएका छन् । धेरैजसो मानिसहरु धुँवाका कारण प्रभावित भएको उनले बताए ।

डिप्युटी फायर चीफ अफिसर सुनिल चौधरीले भने, ‘आगो ६ सय स्क्वायर फिटको जग्गामा लागेको हो । यो एक कारखाना हो । त्यहाँ स्कूल ब्याग, बोतल र अन्य सामग्री राखिएका थिए । ’

केन्द्रीय गृहमन्त्री अमित शाहले ट्वीट गरे, ‘तत्काल आवश्यक कदम उठाउन समस्त सम्बन्धित विभागलाई निर्देशन दिइएको छ ।’

डाक्टरको समूहले घाइतेको उपचार गरिरहेको छः

दमकल विभागका अनुसार आगो आइतबार बिहान ५ बजेर २२ मिनेटमा लागेको हो । ३० वटा दमकल आगो निभाउनका लागि घटनास्थलमा उपस्थित छ । यस्तै, लोकनायक अस्पतालका डाक्टर किशोर कुमारले अहिलेसम्म १४ जनाको शव भेटिएको र डाक्टरको समूहले लगातार घाइतेको उपचार गरिरहेको जानकारी दिए ।