देउवासँग दिल्ली किन खुसी छ ? - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

देउवासँग दिल्ली किन खुसी छ ?



काठमाडौं :

प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैलीलाई नजिकबाट मूल्याँकन गरिरहेको दिल्लीको पछिल्लो चासो नेपालको राजनीतिक स्थिरताका पक्षमा देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको ९ महिने शासनकाललाई अत्यधिक सफल मापन गरेको दिल्लीले देउवा नेृतत्वको सरकारको सफलता र असफलताका लागि पक्कै पनि केहि मापदण्ड बनाएको हुनुपर्छ ।

त्यसैले दिल्लीले भारत भ्रमण आउनुअघि नेपालमा सम्पन्न गर्नुपर्ने देउवाको काँधमा मुख्य तीनवटा टास्क तोकिएको थियो । पहिलो भारत सरकारको चासो रहेको मधेसवादी दलको माग बमोजिम संविधान संसोधनको विधेयक पारित गराउनु । यो नभएसम्म मधेसवादी दलहरु चुनावमा नजाने अडानमा रहेका थिए तर व्यवस्थापिका संसदको बैठकले संविधान संसोधन प्रस्ताव अस्वीकृत गरेको छ । भारतीय चाहना बमोजिम संविधान संसोधन प्रस्ताव पारित हुन सकेन् ।

तर संविधान संसोधनको विधेयक पारित नभएपनि देउवको दोश्रो टास्कमा रहेको प्रदेश नम्बर २ को चुनावमा राजपालाई सहभागी गराउन प्रधानमन्त्री देउवा सफल भएका छन् । देउवाको प्रयासमा संविधान संसोधनको विषयलाई मुख्य मुद्वा बनाएरै भएपनि असोज २ मा हुने प्रदेश नम्बर २ को चुनावमा राष्ट्रिय जनता पार्टी (राजपा)ले सहभागी हुने निर्णय गरेको छ ।

विपक्षमा मतदान गर्ने एमाले र अन्य दलहरुलाई लोकतन्त्र र राष्ट्रिय एकता विरोधी शक्तिको रुपमा चित्रण गर्दै राजपाले गरेको यो निर्णय भारतीय पक्षको चाहना अनुरुप भएको बुझिएको छ । तेश्रो, निर्वाचनको मिति घोषणा । प्रदेशसभा र संसदीय समितीको निर्वाचन आउँदो मंसीर १० को मिति तोक्न सफल भएका छन् । भारत भ्रमण अघि यी जिम्मेबारीलाई पूरा गर्ने प्रधानमन्त्री देउवाको प्रतिवद्धता अनुरुपको कार्यशैलीबाट भारतीय पक्ष खुसी रहेको बुझिएको छ । त्यसैले यो भ्रमणमा दुवै पक्षका आन्तरिक तयारीले भ्याएसम्मका सम्झौता हुने जानकारहरुको भनाइ छ ।

प्रधानमन्त्री देउवाको काँधमा भारतले दिएको यी जिम्मेबारी पुरा गर्नुपर्ने चुनौतीका कारणले नै उनको भारत भ्रमण अगस्तको अन्तिम साता तय गरिएको भारतीय पक्षको आन्तरिक चाहना रहेको बुझिएको छ । यस्तो परिवेशमा प्रधानमन्त्री देउवाले यो भ्रमणलाई आफनो चुनावी क्षेत्र सुदुरपश्चिमको विकासका लागि सक्दो भारतीय सहयोग ल्याउने अवसरको रुपमा उपयोग गर्ने पनि एकथरी नेपाली विश्लेषकहरुको बुझाई पनि छ । विद्युतीय प्रणालीमा समेत निर्वाचन गराउने चर्चा चुलिसकेको हुनाले देउवाले यो भ्रमणलाई निर्वाचनको पक्षमा परिणाममुखी बनाउँदै नेपालको बृहत्तर हितका विषयमा छलफल गर्ने देखिन्छ ।

अन्नपुर्ण पोष्टमा खबर छ ।