दिल्लीमा के. आई. नेपाल सम्मानित - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

दिल्लीमा के. आई. नेपाल सम्मानित



नयाँ दिल्ली 

मानव बेचबिखन तथा लैङ्गिक हिंसा विरुद्ध कार्यरत संस्था के. आई. नेपाललाई यस वर्षको उत्कृष्ट सामाजिक संस्थाको रूपमा दिल्लीमा सम्मानित भएको छ  ।

भारतस्थित “हाम्रो सोच हाम्रो भविष्य” नामक संस्थाद्धारा मानव बेचबिखन तथा लैङ्गिक हिंसा विरुद्ध नेपाल तथा भारतबाट समेत महिला तथा किशोरीहरुको उद्धार गरी परिवारमा पुनर्मिलन गराउने, सीपयुक्त तालिम प्रदान गरी आत्मनिर्भर बनाउने तथा सचेतनामुलक कार्यक्रमहरू सञ्चालन गरी मानव बेचबिखन नियन्त्रणमा अतुलनीय कार्य गरे बापत के.आई. नेपाललाई सम्मान गरिएको हो ।

संस्थाको प्रथम वार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रमको आयोजना मार्फत के. आई नेपाल र यसका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराई, भारतको दिल्ली महिला आयोग,टेलिभिजनमा नेपाल वान र अनलाईनमा पत्रिकामा  हिमालपोस्टलाई सम्मान गरिएको हो ।

केही दिन अगाडि मात्र नेपाल सरकारद्वारा मानव बेचबिखन र अोसारपसार विरुद्धको राष्ट्रिय समितिमा मनोनीत के.आई. नेपालले छोटो समयमा नै भारतका विभिन्न ठाउँहरूबाट भारतस्थित महिला आयोग, नेपाली राजदूतावास तथा भारतका विभिन्न संघसंस्थाहरसंगको समन्वय तथा सहकार्य गरी महिला तथा किशोरीको उद्धार गर्न सफल भएको र बेचबिखन तथा हिंसामा परेर अलपत्र परेका महिला तथा किशोरीको उद्धार पश्चात् संरक्षणका साथै परिवारमा पुनर्मिलन गराउँदै आइरहेकोे छ ।

विभिन्न नेपाली राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड साङ्गीतिक प्रस्तुति रहेको उक्त  कार्यक्रम सस्थाका अध्यक्ष राजपावर महरको अध्यक्षता  , के. आई नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईको प्रमुख अातिथ्यतामा सम्पन्न भएको कार्यक्रममा दिल्लीका पूर्व सांसद जे पी अग्रवाल, अातंकवाद विरुद्धको सुरक्षा फोर्सका प्रमुख एम एस भिट्टा, दिल्ली महिला आयोग एवं विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन भने नविन जोशीले गरेका थिए ।